शनिबार १८ मंसिर २०७८

रोजगारीका लागि दक्षिण कोरिया आएका भोजपुर साल्पासिलिछो गाउँपालिका-१ कुलुङका सुजन घले अ,स्ता,ए,का छन । नुनसानस्थित स्थानीय अ’स्पता’लमा उ’पचा’रत २८ वर्षीय घलेको हिजो (शुक्रबार) मृ’x त्यु भएको सिओलस्थिति नेपाली राजदूतावासले जनाएको छ ।करिब तीन हप्ताअघि काम गर्ने क्रममा ए’क्का’सी बे’हो’स भएर ढ’लेपछि घलेलाई अ’स्पता’ल भ’र्ना गरिएको थियाे । भोजपुर परिवार दक्षिण कोरिया संघलेका अनुसार उनको मु’टु र टाउकोमा स’म’स्या देखिएको थियो ।

 

निकै महत्वकांक्षी योजना लिएका धुर्मुस सुन्तली फाउण्डेशनका सिताराम कट्टेल र कुञ्जना घिमिरेले क्रिकेट रंगशाला निर्माणको काम रोकेका छन् । निर्माणमा १६ करोड ऋण लागेपछि ुधुर्मुस–सुन्तली फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य रोकेको हो । उनीहरुले काम रोकेपछि अब त्यो ऋण कसले तिर्छ भन्ने प्रश्न उब्जिएको छ ।सिताराम कट्टेलले करिब एक महिना देखि निर्माणको काम रोकिएको जानकारी दिएका छन् । कोभिडका कारण सहयोग उठाउन नसकेको र अरुवाट सहयोग आउन छोडेको भन्दै उनीहरुले काम रोकेका छन् । जसको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको थियो ।रंगशालाको ३५ प्रतिशत काम सकिँदा ५४ करोड खर्च भइसकेको धुर्मुसले बताएका छन् । अझै निर्माण सम्पन्न गर्नका लागि २ अर्व रुपैया आवश्यक पर्ने उनको भनाई छ । अहिले सम्म ६५ प्रतिशत काम बाँकी नै छ । ऋण मात्रै १६ करोड नाघेपछि धुर्मुस रंगशाला निर्माणमा रोकिएका छन् ।धुर्मुसले भनेका छन्, सधैँ हामीलाई सहयोग गर्नुस् भनेर मागिरहन सकिएन । थोरै पैसामा काम गरौँ न भन्ने अवस्था पनि छैन । निर्माण सामग्री ल्याउने सम्पूर्ण ठाउँमा उधारो बाँकी छ । त्यसैले काम गर्न सकिएन । उनीहरुले अब निर्माणको काममा सरकारले सहयोग गर्नुपर्ने बताउँछन् । तर धुर्मुससंग पनि निर्माणमा लागेको १६ करोड ऋण कसले तिर्ने भन्ने प्रश्नको उत्तर छैन ।परियोजनामा आस्था राख्ने, सहयोगी मन, सरकार सबै मिलेर नै अगाडि बढ्ला भन्ने लाग्छु, धुर्मुसले भने, ुयो चरणमा पुगेपछि पक्कै राज्यको पनि दायित्व हुन्छ । हामी त्यसको आशामा छौँ उनले भने ।

 


Last Updated on: September 19th, 2021 at 11:14 am
१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया