बुधबार २२ मंसिर २०७८

भारतमा निपा भाइरस सं,क्र,म,ण फैलिएसँगै नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरिरहेको छ । सं,क्र,म,ण फैलाउन सक्ने चमेरोहरू नेपालमा पनि पाइने हुँदा सावधानी अपनाउन सरकारले आग्रह गरेको हो । यद्यपि, सरकारले हालसम्म निपा भाइरस सं,क्र,म,ण,बारे कुनै अध्ययन गरेको छैन, न त सं,क्र,म,ण, पुष्टि भएको कुनै केस नै फेला परेको छ ।

स्वास्थ्य संस्थाहरूमा शंकास्पद लक्षणसहितका बिरामी देखापरेमा समयमै जानकारी गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ । पछिल्ला केही अध्ययनहरूले नेपालसहितका दक्षिण एसियाली मुलुकमा पाइने टेरोपस जातको चमेरोबाट निपा भाइरस संक्रमण फैलिरहेको पुष्टि भएको छ । निपा भाइरस सं,क्र,म,ण,को ७५ प्रतिशत मृ,x त्युदर रहेका कारण पनि यसलाई निकै घातक मानिएको हो ।

निपा भाइरस जनावरहरूको माध्यमबाट मानिसमा सर्ने गर्छ । चमेरो वा सुँगुरबाट मानिसमा सर्ने अध्ययनहरूले देखाएका छन् । यसबाहेक घोडा, बिरालो र कुकुरलगायतका घरपालुवा जनावरबाट पनि सं,क्र,म,ण फैलिन सक्ने चिकित्सकहरूको चेतावनी छ ।

यो भाइरस सुँगुरहरूको बीचमा धेरै संक्रामक मानिन्छ, जसले भाइरसलाई मानिसहरूमा सार्न सक्छ । सामान्यतया तरल पदार्थ र सुँगुरको पिसाबबाट मानिसमा सर्न सक्ने सम्भावना अत्यधिक रहन्छ । यो घातक सं,क्र,म,ण नजिकको मानव सम्पर्कका माध्यमबाट पनि प्रसारित हुन सक्छ । कोरोना भाइरसजस्तै एक सं,क्र,मि,तको माध्यमबाट अर्कोमा सजिलै सर्न सक्ने भएकाले विश्व स्वास्थ्य संगठनले यसलाई घातक रोगको सूचीमा राखेको छ ।

भाइरसको इतिहास
निपा भाइरस अर्थात् एनआइभी पहिलोपटक सन् १९९९ मा मलेसियामा सुँगुर किसानहरूमा देखिएको थियो । सुँगुर र अन्य जीवबाट मानिसमा सरेको मानिने यो रोगले तत्कालीन समयमा सुँगुर किसानहरूमा प्रकोपका रूपमा देखिएको थियो । विश्व स्वास्थ्य संगठनकाअनुसार, फल चमेरो जसलाई फ्लाइङ फक्स पनि भन्ने गरिन्छ, निपा भाइरसको प्राकृतिक होस्ट मानिन्छ ।

 


Last Updated on: September 19th, 2021 at 11:39 am
६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया