आइतबार १९ मंसिर २०७८

रेड पान्डाकाे छालासहित चारजनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले निय न्त्रणमा लिएको छ। वीरेन्द्रनगर–८ खजुरास्थित होटेल मानसरोवरको कोठा नम्बर ११५ बाट प्रहरीले उनीहरूलाई निय न्त्र णमा लिएको हो ।प क्रा उ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका–८ का मनबहादुर बुढा, ठाँटीकाँध गाउँपालिका–१ का विष्णु रावत, नारायण नगरपालिका–१० का नरेन्द्र थापा र पूर्णबहादुर बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

‘सूचनाका आधारमा खानतलासी गर्दा खाटको सिरानीमुनि लुकाइछिपाई राखेको कालो रङको हातेझोलाभित्र रातोखैरो रङको रेड पान्डाकाे छाला एक थान, मोबाइल पाँच थान फेला परेको हो,’ उनले भने ।

प्रारम्भिक अनुसन्धानमा चारैजनाले वीरेन्द्रनगरको एक स्थानबाट त्यहाँ ल्याएको र होटेलसम्म ल्याएबापत जनही ५० हजार रुपैयाँ लिइसकेको उनले जानकारी दिए । उनीहरूमाथि प्रहरीले थप कारबाही अघि बढाएको छ ।

त्यस्तै दशैँ आयो, घर कसरी जाने ? कसरी हुँदै छ यातायातको व्यवस्थापन ? नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ ।

दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी गरिएको हो । दसैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा शुक्रबार व्यवसायी र सरकारी प्रतिनिधिबीच यातायात व्यवस्था विभागमा छलफल भएको छ ।

सो छलफलमा विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघबीच दसैंमा उपत्यकाबाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउने विषयमा सहमति भएको विभागले जनाएको छ । महासंघका अध्यक्ष डोलनाथ खनालले आफूहरू अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको बताए ।

महासंघमा करिब सयवटा कम्पनी आबद्ध छन् र एक तिहाइ बस उपत्यकाबाहिर लामो रुटमा चल्ने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग भने दसैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सहमति हुन बाँकी छ । त्यसका लागि पुनः छलफल गरिने भएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

सो महासंघसँग समेत सहमति गर्नेगरी सरकारी पक्षले आवश्यक गृहकार्य अघि बढाएको छ । कोभिड–१९ को महामारी सुरु हुनु अघि विगतका वर्षहरूमा दसैं सुरु हुनुभन्दा १५ देखि एक महिना अघि नै अग्रिम टिकट बुकिङ खुलाउने गरिँदै आएको थियो ।


Last Updated on: September 19th, 2021 at 1:10 pm
२१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया