सोमबार २० मंसिर २०७८

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको चौथो तथा आफ्नो अन्तिम खेलमा नेपाल आज ओमानसँग खेल्दैछ।

म्याच ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे सुरू हुनेछ। नेपाल जारी त्रिकोणात्मक सिरिजमा दोस्रो जित निकाल्ने योजनाका साथ मैदान उत्रिनेछ।

यसका साथै नेपाल ओमानमाथि जित निकाल्दै सिरिजमा सुखद् अन्तय गर्न चाहन्छ। तर, घरेलु टोली ओमानमाथि नेपाललाई जित निकाल्न त्यति सहज हुने छैन। ओमानले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ। लिग–२ अन्तर्गत भएका तीन खेलमा ओमानले नेपाललाई हराइसकेको छ।

त्यसले ओमान पनि घरेलु मैदानमा फेरि अर्को जित निकाल्ने सोचमा हुनेछ। ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिमसमेत हो। ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको हो। नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

लिग–२ को सिरिजअन्तर्गत नै नेपालले आफ्नो घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो। दुबै दुवै खेलमा नेपाल पराजित भएको थियो।

त्रिवि क्रिकेट मैदानमा २०२० को फेब्रुअरी ५ मा भएको पहिलो खेलमा ओमानले नेपाललाई १८ रन र ९ फेब्रुअरीमा भएको दोस्रो म्याचमा ८ विकेटले हराएको थियो। ओमान भएको खेलमा पनि नेपाल घरेलु टोलीसँग पाँच विकेटले पराजित भएको थियो।

नेपालले ओमानविरुद्ध बलियो टोली मैदान उत्रार्ने सम्भावना बलियो छ। नेपालीले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्न सक्छ । नेपालले कुशल मल्लको ठाउँमा शरद भेषवाकर वा आरिफ शेख र गुल्शन झाको स्थानमा विक्रम शोबलाई खेलाउने सम्भावना छ।

कुशलले लगातार खराब प्रदर्शन गरिरहेका छन्। त्यसैले उनलाई ओमानविरुद्ध नेपालले विश्राम दिने पक्का जस्तै छ। उनको ठाउँमा शरदले मौका पाउनेछन्। उनी अनुभवी ब्याट्सम्यान हुन्। शरद पार्टटाइम स्पिनरका रूपमा राम्रो विकल्प पनि हुन्।

अमेरिकासँग डेब्यू गरेको झाले राम्रो प्रदर्शन गर्न सकेनन्। त्यसैले बलियो टिम ओमानविरुद्ध नेपालले शोबलाई प्लेइङ–११ मा राख्न सक्छ।

नेपालको सम्भावित प्लेइङ–११ :

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, शरद भेषवाकर/आरिफ शेख, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, विक्रम शोब, सन्दीप लामिछाने र सुशान भारी।


Last Updated on: September 19th, 2021 at 1:52 pm
९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया