शनिबार १८ मंसिर २०७८

गोपिराम पौडेल अहिले १०७ बर्षको हुनुभयो । अर्घाखाँचीमा जन्मिनुभएको उहाँ अहिले काठमाडौको मैतिदेवीमा बस्नुहुन्छ । नेपालका लागि उहाँ ज्यूँदो इतिहास हो ।

आज १०७ बर्षे हजुरबुबाले आफ्ना शाखा, सन्तानलाई जनै फेर्ने, डोरो लगाईदिने काम गर्नुभयो ।

उहाँ सन्तानहरुले हामी निक्कै भाग्यमानी भनेर सामाजिक सञ्जालमा पोष्ट गर्नुभयो । उहाँको जन्म वि.सं. १९७२ ( सन् १९१५) मा अर्घाखाँचीमा भएको थियो।

भाग्यमानी सन्तानको कामना नेपालले कीर्तिमान राख्न पाओस्
यसअघि सन् १९०८ मा जन्मिनुभएका बेलायती नागरिक बब वेइटन विश्वकै बयोबृद्ध मानिस हुनुहन्थ्यो ।

यही फागुन महिनामा उहाँको निधन भयो । मार्च २९ मा ११२ वर्ष पुग्न लाग्नुभएका वेइटनलाई गिनिज बुकले संसारकै बयोबृद्ध मानिस घोषणा गर्न लागेको थियो । तर उहाँको निधन भयो ।

यसअघिका जापानका चिसेत्सु वातानाबेलाई गिनिज बुकले बयोबृद्ध मानिसको घोषणा गरेको केही दिनभित्रै उहाँको मृ,x त्यु भएपछि वेइटनको नाममा नयाँ कीर्तिमान बनाईयो । कीर्तिमान बनेपनि घोषणा नगर्दै उहाँको मृ,x त्यु भयो ।

११२ बर्षसम्म जिवित व्यक्तको रुपमा उहाँ मात्र रेकर्डमा रहनुभएको हो । नत्र फ्रान्सका जीन कैलमेंट १२२ बर्ष १६४ दिनसम्म बाँच्नुभएको छ । उहाँ विश्वकै सबैभन्दा धेरै अवधि बाँच्ने महिला र समग्र मानिसको सूचीमा पर्नुहुन्छ ।

अमेरिकाकी सारा नुस्सोपनि ११९ बर्ष बाँच्नुभएको छ । हामी कामना गरौँ हजुरबुबा गोपिराम पौडेललेका नाममापनि हामी नेपालीले कीर्तिमान राख्न पाईयोस् ।

 


Last Updated on: September 19th, 2021 at 2:13 pm
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया