सोमबार २० मंसिर २०७८

बर्दियामा म्याद नाघेको र लेवल नछापी प्याकिङ्ग गरिएका सामानहरूसहित १ जना प,क्रा,उ परेका छन् । बाँकेको नेपालगन्जबाट बर्दियातर्फ जाँदै गरेको बा १८ च ११८५ नम्बरको गाडीलाई चेकजाँच गर्नेक्रममा उक्त गाडीमा म्याद नाघेका र लेवन नछापीएका सामानहरु प्रहरीले बरामद गरेको हो ।

सामानसहित प्रहरीले बर्दियाको मधुवन नगरपालिका वडा नं.१ सानोश्री बस्ने बर्ष ४३ का मिन बहादुर विसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

बरामद गरिएका सामानहरु मध्ये फ्रुटो स्वादिष्ट पेप्सी जुस ९२ प्याकेट र ३ किलोग्राम छुर्पी प्रशासनसँग उद्योग वाणिज्य संघ बर्दियाका पदाधिकारीहरुको रोहवरमा नष्ट गरिएको छ । अन्य म्याद नाघेका खाद्यान्न सामानहरु परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज बाँके पठाईएको प्रवक्ता शाहीले बताउनुभयो।

 

संविधान आएको एकै किरणमा जनताका सारा रङ्ग र रूपको आकर्षक ढोकाहरू उघ्रिए। भविष्यप्रति अति आश्वान्वित हुँदै नेताहरूलाई जनताले असीम अनुकम्पा र आभार प्रकट गरे।जनताका इच्छा,चाहाना,सङ्कल्प,दृष्टिकोण,योजना र आशाहरू फेरि पलाए।

तर आज यो समाज नेपाल बन्द ,भ्रष्टाचार,बेरोजगारी,बलात्कार,चोरी,डकैती,हत्या,हिंसा,प्रदूषण बढ्दै किन देश अधोगतितिर लागिरहेको छ ?

वातावरण भएर होइन ! वातावरण नभएर होइन ! वातावरण बनाउन नसकेर होइन ! वातावरण नबनेर होइन ! आज यो देशको विकास त स्वयम् कल्पनाको बिम्बको रूपमा अग्रगामी रूप लिएको छ ॥

सामान्य घटनालाई असामान्य र रहस्यमय किन बनाइन्छ ?

मोती फल्ने हिमाल,चिरञ्जीवी जडीबुटी फल्ने तराई , पहाड , धार्मिक भावनामा रहेका मन्दिर,मस्जिद र प्रसिद्ध धार्मिक स्थलहरूमा मनपरी चलेको कमजोर कार्यान्वयन नीतिले गर्दा आज मेरी आमा गरिब भएकी छन् ॥

स्वतन्त्रता र न्यायको सुनिश्चिततामा लम्किने नेपालीलाई आज नेतृत्व गर्ने मानिसहरू कमजोर भएका छन् ॥

समाजसेवी कुशल नेतृत्व बहन गर्ने देश प्रेमी नेपालीहरूको खाँचो छ ॥ आज यो देश नेपालमा जायज असन्तुष्टिको गृस्मताप र शरद ऋतुको बहावलाई तोड्न सक्ने नेपालीको आवश्यकता छ ॥ जातिभेदको हतकडीमा भेदभावका सर्पहरू घिस्रिएको यस्तो दारुण अवस्थालाई समाल्न सक्ने नेपालीको खाँचो छ !!!

आज नेपाली जनताहरू मानी नभएको जिन्दगी , उड्दा उड्दै खसेको पन्छी , बग्दा बग्दै रोकिएको नदी ,माटो विहीन ढुङ्गो,मैदान मा फहराएको घोडा सरह निरुत्साहित र लखतरान भई थाकेका छन् ।

आज किन मर्दै छ हामीमा हामी बाचेको युग ?

हामी नेपाली जातीय , रङ्गभेदमा बदल्न बलौटे धापबाट उचाली भातृत्वको भावनामा आड्बद्द भएर रहनुपर्ने समय आएको छ । मातृ प्रेमको सङ्गीतमा रूपान्तरण गर्दै स्वतन्त्र र संवृद्ध नेपाल निर्माण गर्न हामी नेपाली किन अग्रसर हुँदैनौ ?

ज्वरमुक्त सूर्य ! जलनमुक्त आकाश ! र तृप्त ताल भएर हामी किन बस्छौँ ?

लेखाइमा मात्र हैन संविधानलाई तन ,मन वचन र कर्मले कार्यान्वयन गराऔँ ॥सर्वप्रथम सबैले आफूबाट सुरु गरौँ अनि बन्छ नेपाल र पुरा हुन्छ नेपालीको चाहना ॥

आज २०७५ आश्विन ३ गते संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा खुसीका लहरहरू छाओस् र संविधान कार्यान्वयन होस् ।

संविधान दिवसको हार्दिक शुभकामना।

 

 


Last Updated on: September 19th, 2021 at 4:32 pm
१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया