शनिबार १८ मंसिर २०७८

मेची नदीले ब,गा,ए,र काँकरभिट्टा झापाकी एक महिलाको मृ,x त्यु भएको छ।

मेचीनगर ६ भट्टराई चोक बस्ने कमला राजवंशीको मृ,x त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

खोला तर्ने क्रममा उनलाई ब,गा,ए,को प्रहरीको भनाइ छ।

उनको शव भारततर्फ भेटिएको र कानुनी प्रक्रियाका लागि भारतीय प्रहरीसंग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

 

रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले आरसीबीको कप्तानी छाड्ने घोषणा गरेका छन्। उनले आईपीएल २०२१ पछि टोलीको कप्तानी छोड्ने भएका हुन्।

कोहलीले एक भिडियो सन्देश जारी गर्दै कप्तानी छाड्न लागेको जानकारी गराएका हुन्। सो भिडियो आरसीबीले आफ्नो ट्वीटरमा अपलोड गरेको छ। कोहलीका लागि आरसीबीको कप्तानको रूपमा यो अन्तिम सिजन हुनेछ।

आरसीबीले जारी गरेको आधिकारिक भिडियोमा कोहलीले भने, ‘कप्तानको रूपमा यो टोलीको साथ यो मेरो अन्तिम सिजन हुनेछ। म आरसीबी को एक खेलाडी रहनेछु जबसम्म म मेरो अन्तिम आईपीएल खेल खेल्छु। म सबै आरसीबी फ्यानहरूलाई मलाई विश्वास र मलाई समर्थन गर्नु भएकोमा धन्यवाद दिन्छु।’

यसअघि विराट कोहलीले भारतीय टी–२० टोलीको कप्तानी छाड्ने घोषणा गरेका थिए। टी–२० विश्वकपपछि उनी एकदिवसीय र टेष्ट टोलीको कप्तानी मात्र गर्नेछन्। विराट कोहलीले आफ्नो कामको बोझका कारण यो निर्णय लिएका हुन्।

कोहली डेब्यु सिजन अर्थात् २००८ देखि आरसीबीसँग जोडिएका छन्, तर उनीलाई २०११ मा कप्तानीको जिम्मेवारी दिइएको थियो। उनी ड्यानियल भिटोरीको ठाउँमा टोलीको कप्तान नियुक्त भएका थिए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

कप्तानको रूपमा विराट कोहलीले १ सय ३१ म्याचमा आरसीबीको नेतृत्व गरेका छन्। जसमा उनले टिमलाई ६० म्याच जिताएका छन् भने ६४ खेलमा टिम पराजित भएको छ। तीन खेल टाइ र चार खेल नतिजाविहीन भएका छन्। विराटले हालसम्म आरसीबीलाई उपाधि दिलाउन सकेका छैनन्।


Last Updated on: September 20th, 2021 at 10:30 am
९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया