सोमबार २० मंसिर २०७८

मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवती आफ्नै कोठाभित्र मृ,तावस्थामा फेला परेकी छन् । आइतबार बिहान ७ बजेतिर कोठाभित्र चुकुल लगाएको अवस्थामा स्थानीय २४ वर्षीया रोजिना गिरी मृ,तावस्थामा फेला परेकी हुन् ।

शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवतीको श,व आइतबार बिहान सलको पा,सो लगाएर झु,x ण्डि,x ए,x को अवस्थामा भेटिएको वडाध्यक्ष खेमप्रसाद न्यौपानेले जानकारी दिए । छिमेकी गोविन्दबहादुर बस्नेतले जानकारी दिएपछि वडाध्यक्ष न्यौपाने प्रहरीलाई लिएर घटनास्थल पुगेका थिए ।

‘भित्रबाट चुकुल लगाएको अवस्था थियो,’ उनले केटिएम दैनिकसँग भने, ‘मेरो रोहबरमा प्रहरीले ढोका फुटाएर भित्र पस्दा श,व भेटिएको हो ।’ उनका अनुसार रोजिनाको अनुहारमा निल डाम छ ।

आइतबार नै शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालले जानकारी दिए । उनका अनुसार आज श,वको पोस्टमार्टम हुनेछ । रिपोर्ट आएपछि घटनाको विवरणबारे जानकारी पाइने उनले बताए ।

‘हामीले माइती पक्षलाई ल्याएर मुचुल्का उठाइ पोस्टमार्टमका लागि घोपा पठाएका थियौँ’, उनले भने, ‘रिपोर्ट आएपछि थप विवरण खुल्ने छ ।’ श,वको प्रकृति हेर्दा आ,x त्म,x ह,x त्या गरेको हुनसक्ने उनले जानकारी दिए ।

कोठामा भित्रबाट चुकुल लगाएर लोबेडमा घोप्टो परेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । शरीर लोबेडमा रहेको भएपनि फेनमा सल बाँधिएको र कोठाको चुक्कुल भित्रबाट लगाएको पाइएकाले आ,x त्म,x ह,x त्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

यता, माइतीपक्षले भने रोजिनाको आ,x त्म,x ह,x त्या नभइ ह,x त्या भएको हुनसक्ने आशङ्का गरेको छ । अनुहारमा निलडाम प्रष्ट देखिएको र शरीरमा पनि डाम देखिएकाले आ,x त्म,x ह,x त्या नभइ ह,x त्या हुनसक्ने माइतीपक्षको आशङ्का छ । प्रहरीले भने झु,x ण्डि,x ए,x का कारण रगत सोहोरिएर निलडाम हुनसक्ने जनाएको छ ।

नातामा रोजिनाको बहिनी पर्ने मनिशा क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमा रोजिनाको केही तस्विर राख्दै सासु, आमाजु र जेठानीको कुटपिटको कारण निधन भएको बताएकी छिन् । यो समाचार तयार पार्दासम्म उनले फेसबुकमा राखेको उक्त सामाग्री २१७ पटक शेयर भैसकेको छ ।

रोजिनाको केही वर्षअगाडि मात्र विवाह भएको बताइएको छ । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । उनले घरायसी झ,ग,डा नभएको कुरा छिमेकीबाट पनि नुसनेको बताए ।

 


Last Updated on: September 20th, 2021 at 11:47 am
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया