
श्रीमती माडवारीको घरमा काम गर्ने गर्थिन । श्रीमानलाई पनि चासो लाग्यो कस्तो घरमा काम गर्ने रहेछन् श्रीमतीले ?
PROMOTED CONTENT
Mgid
Mgid
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries
दीपाश्री निरौलाको फेसबूक ‘ह्या’क’ गर्ने यिनै हुन १४ बर्षिय बालक
त्यसपछि उनले आफु पनि हेर्न जान खोजे । यहि कुरामा उनीहरुको सम्बन्ध विग्रियो । प्रेम गरेर विवाह गरेकी श्रीमतीले छोडेर गएपछि एक महिना निकै कठिन भयो । संखुवासभा स्थायी घर भएका दिपक कार्कीको घटना हो यो । उनी काठमाडौमा बसेर ज्याला मजदुरीको काम गर्दै आएका थिए ।
विवाह पछि पनि उनको काम नियमित थियो । विहान ६ वजे उनी काममा निस्कन्थे । श्रीमती पनि काममा जान्थिन् । दुई वर्ष अघि उनीहरुको विवाह भएको हो । विवाह दर्ता भने भएको छैन । ससुराली तर्फ उनीहरु जाने आउने गर्थे तर आफ्नो घरमा भने श्रीमतीलाई लगेका थिएनन् ।
श्रीमतीले माडवारीको घरमा सरसफाइको काम गर्छु भनेर सुनाएको बताए । आफु हेर्न जान्छु भन्दा माडवारीको घरमा लोग्ने मान्छे लिएर जाँदा मालिक रिसाउँछ जान मिल्दैन भनेर उनले भनिन् ।
त्यही भएर उनी गएनन् । हराउनु भन्दा अघि पनि उनीहरुबीच केही विवाद भएको थिएन । तर एक्कासी एक महिना अघि श्रीमती हराइन् । अहिले उनी बेहाल अवस्थामा श्रीमती आउँछन् की भनेर बाटो हेरेर बसेको बताउँछन् ।
अहिले पनि आउँछ की भन्ने आश लाग्छ, अर्कोसंग विवाह नै गरेर जाने खालको त थिएन उनले भने । श्रीमती हिडेको दिन पनि उनी विहान ६ वजे नै काममा निस्केका थिए । श्रीमतीले खाना बनाएर राखिदिएको रहेछ १० वजे आएर खाना खाए ।
तर साँझ फेरी कोेठामा फर्किएर आए तर श्रीमती आएको थिइनन् । श्रीमती विरामी जस्तै थिइन् त्यसैले उनलाई निकै चिन्ता लाग्यो । फोन पनि अफ थियो ।
त्यसैले अप्ठेरोमा परिन् की भनेर उनलाई थप चिन्ता भयो । दुई चार दिन भैसक्यो, आफुले जानेसम्म सबैतिर खोजतलास गरिसके तर श्रीमती फेला परेकी छैनन् ।
प्रहरीमा उजुरी दिएको भएपनि फेला पार्न नसकेपछि उनी मिडियामा आएको बताएका छन् ।