बुधबार २२ मंसिर २०७८

पहिरो निरीक्षणका लागि बुटवल ३ ज्योतिनगरमा गएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलाई मुःक्का प्रहार गर्ने एमाले कार्यकर्ता रहेको पाइएको छ ।

ज्योतिनगरका स्थानिय गणेश पंगेनीले नेकपा एमाले रुपन्देही अध्यक्ष समेत रहेका नगर प्रमुख सुवेदी माथी आज विहान मुःक्का हानेका थिए ।

लुम्बिनी बाणिज्य क्याम्पसमा अध्यानरत उनी अनेरास्ववियू जिल्ला कमिटि सदस्य समेत हुन । विद्यार्थी राजनिति गर्दै आएका उनले पहिरोले पटक पटक पीडित बनाउँदा स्थानिय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको प्रहरीलाई बताएका छन् ।प्रहरीले भने पक्राउ गर्ने गरी घटना नभएको भन्दै पक्राउ नगरिएको बताएको छ। अहिले पहिरो क्षेत्रमा युवा संघ, अनेरास्ववियूका नेताहरु पुगेका छन् ।

 

 

एउटा मोवाइल एप टिकटक जसवाट मानिसले लाखौं करोडौ कमाउन सक्छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । एक दिनमै करिब एक लाख रुपैया कमाउने अंशु वर्माको कथाले पक्कै पनि तपाईलाई अचम्म बनाउन सक्ला । यिनी टिकटकमा लाइभ आएर लाखौं कमाउने गरेका हुन् । उनी कञ्चनपुरको महेन्द्रनगरका हुन् । उनी आफ्नै घरको कोठामा बसेर दिनमै लाख भन्दा बढी कमाउँछन् ।

उनी महिनाको २५ लाख भन्दा बढी कमाउँछन् । कम्तिमा महिनाको २० देखि २५ सम्म पुग्ने गरेको छ । तर कहिले काँही ३० लाख पनि पुग्ने गरेको बताउँछन् । उनले २५ दिन टिकटकमा लाइभ बसेर कमाएको पैसाले कार पनि किनेका छन् । केही दिन अघि सामान्य जिवनशैली बिताएका उनी अहिले महेन्द्रनगरमा एउटा घर किनिसकेका छन् भने काठमाडौमा पनि घर किनिसके । उनीसंग जम्मा ७ वटा मोवाइल छन् ।

आफ्नै कोठामा बसेर उनले दुई महिनामै जिवनशैली परिवर्तन गरे । उनको कोठा पनि भब्य छ । घरमा सबै सुविधा जोडेका छन् । एसी देखि आवश्यक पर्ने सबै सुविधा जोडेका छन् । टिकटक लाइभ बस्न उनले लाइट पनि राखेका छन् । कोठा नै ब्यवसायीक बनाएका छन् । पैसा कमाएपछि उनले अलि अलि अरुलाई सहयोग पनि गर्न थालेका छन् । समाजसेवी पनि बन्नु पर्यो नी सेल्फिसको जमाना छैन नी, उनले भने ।

खान लाउन नपाएकाहरुलाई सहयोग गर्न पनि पुग्छन् उनी । आफुले गरेको सहयोग उनले टिकटकमा भने देखाउँदैनन् । उनले देखाएर समाजसेवा नगर्ने बताए ।


Last Updated on: September 20th, 2021 at 5:27 pm
१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया