शुक्रबार १७ मंसिर २०७८

पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अपराह्न चार बजेर ३० मिनेटमा धक्का महसुस गरिएको हो । भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटी लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

 

४ प्रतिशतको गिरावटसँगै परिसूचक २७ सयमुनि झरेको छ। आजको कारोबारपछि नेप्से परिसूचक २६९८ अंकमा कायम भएको छ।

यस दिन ८ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबै समूहहरु राताम्मे भएका छन्।

बैंकिङ ५१, विकास बैंक ३३२, फाइनान्स २२९, होटल तथा पर्यटन १५८, जलविद्युत २२०, लगानी ५, जीवन बीमा ८००, निर्जीवन बीमा ६१४, माइक्रोफाइनान्स १६२, उत्पादन ९१, अन्य ७० र ब्यापार समूह १५६ अंकले घटेका छन्।

चार कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य ९.९ प्रतिशतले बढेको छ। हालै सूचीकृत यस कम्पनीको मूल्य प्रतिकित्ता ९८९ रुपैयाँ कायम भएको छ। डिप्रोक्स लघुवित्तको मूल्य २ प्रतिशतले बढेको छ। लक्ष्मी र नयाँ सारथी लघुवित्तको मूल्य पनि सामान्य बढेको छ।

यस दिन गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसी फाइनान्स, हिमालय उर्जा विकास कम्पनी, घलेम्दी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशतले घटेको छ।

सिंगटी हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, हिमालय पावर पार्टनर, सेन्ट्रल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र जोशी हाइड्रोपावरको मूल्य ९.९ प्रतिशतले घटेको छ।

किन घटिरहेको छ?
भदौ २ गते नयाँ कीर्तिमानी ३१९८ अंक कायम गर्यो। त्यसयता बजार घटिरहेको छ। यो पटकको ‘बुलिस ट्रेन्ड’मा भदौ २ को अंक नै उच्चतम विन्दु रहेको अनुमान छ। बजार घट्नुको मुख्य कारण लगानीयोग्य रकमको अभाव र बढ्दो ब्याजदर हो।

असोज १ देखि लागू हुनेगरी बैंकहरुले ब्याजदर बढाइसकेका छन्। वाणिज्य बैंकले नै मुद्दतीमा १० प्रतिशत ब्याज दिन थालेका छन्। ब्याजदर अझै बढ्ने अनुमान छ।

अर्कोतर्फ सेयर बजार घट्दै जाँदा ‘मार्जिन कल’को त्रास समेत लगानीकर्तामा बढ्न थालेको छ। यसले पनि बजार घटाउनमा अझ टेवा पुर्याएको छ।

अर्कोतर्फ राष्ट्र बैंकको नीतिले पनि बजारलाई केही हदसम्म प्रभाव पारेको लगानीकर्ताको गुनासो छ। राष्ट्र बैंकले एक व्यक्ति वा परिवारले सेयर खरिदका लागि सेयर नै धितो राखेर बैंक तथा वित्तीय संस्थाहरुबाट १२ करोडभन्दा बढी ऋण नपाउने व्यवस्था गरेको छ। त्यही व्यवस्थाले पनि बजारलाई असर पारेको बताउँछन् सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल।

 


Last Updated on: September 20th, 2021 at 6:31 pm
११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया