शुक्रबार १७ मंसिर २०७८

श्रीमान बिदेश मै रहदा आफ्ना तीन नावालक छोराहरु छोडेर एक महिला अर्कै पुरुषसग भागेकी भनिएकी ति महिला अहिले रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका मा रहेको जानकारी प्राप्त भएपछि तीन छोराहरू सहित श्रीमान र युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठ सहित अहिले रुपन्देहीको यात्रामा रहेका छन्।

झापाको दमक घर भएका प्रेम बमजन तामाङ उनी आफू बिदेशमै हुदाँ बाट श्रीमती घर छोडेर हिडिन । आफू नेपाल आउन लाग्दा श्रीमती हिडेको उनले बताएका छन । आफू बिदेशमा हुदाँ श्रीमतीसगँ त्यस्तो कुनै म,न,मु,टा,व नभएको उनले बताए ।

आमा गए पछि एक दुई पल्ट फोन भने गरेको छोराहरू बताउँछन । फोन गरेर अब आफू नआउने राम्रोसगँ बसेर पढ्नु भन्दै भनेको उनिहरु बताएका थिए । आफुलाई उक्त केटाको बारेमा भने केही पनि थाहा नभएको छोराले बताएका थिए। फोनमा बुवासगँ बोलेको भनेर ढाट्ने गरेको उनले बताए ।


Last Updated on: September 21st, 2021 at 10:36 am
२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया