बुधबार २२ मंसिर २०७८

सिलिण्डर ग्यास फेरबदल गर्ने क्रममा आ.,x ग,x ला,x गी हुँदा जलेर घाइते भएका दम्पत्तिको मृx त्यु भएको छ। आ,x ग,x ला,x गीमा परेर घाइते भएका अर्जुनधारा–७ पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गाको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा गएराति अलग–अलग समयमा मृ,x त्यु भएको हो।

छिमेकी कमल पोखरेलका अनुसार खनाल दम्पत्तिले तीन घण्टाको फरकमा ज्या,न गुमाएको हुन्। आ,x ग,x ला,x गीमा घाइते भएका छोरा पंकजको अवस्था भने सामान्य बन्दै गएको छ। उनी डिस्चार्ज हुने तयारीमा छन्। भदौ २६ गते साँझ ग्यास लिक हुँदा खनालको घरमा आ,x ग,x ला,x गी भएको थियो। घटनामा परिवारका चारजना घाइते भएका थिए।

घरमुली मंगलादेवी सामान्य घाइते थिइन् भने अरुको अवस्था गxम्भीर थियो। घर ज,x लेपछि खनाल परिवार यतिबेला छिमेकीको घरमा आश्रय लिएर बसिरहेको छ। छिमेकी पोखरेलका अनुसार खनाल दम्पत्तिको काठमाडौंमै अन्त्येष्टि गर्ने तयारी छ।

 

अधिवक्ताहरुले नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता गैरकानुनी रहेको जिकिर गरेका छन् । अधिवक्ताहरु बाबुराम दाहाल, रमेश वडाल, महेश न्यौपाने, रविनारायण खनाल, ईश्वरी भट्टराई लगायतले एकीकृत समाजवादी पार्टीको दर्ता गैर कानुनी भएको बताएका हुन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न, प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दायर भएको रिटमाथि सोमबार सर्वोच्च अदालतको इजलासमा बहस गर्दै उनीहरुले यस्तो तर्क गरेका हुन् ।

रिट न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस जारी छ । अधिवक्ता दाहालले केन्द्रीय सदस्यमा माधव पक्षको बहुमत नपुग्ने भएका कारण वैधानिकता पाउन नमिल्ने तर्क गरेका हुन् ।

एमालेले कारबाही गरेको १४ जना र पार्टी दर्ताको निवेदन दिँदा उपस्थित नभएका व्यक्तिको हस्ताक्षर भएका कारण एकीकृत समाजवादी दर्ता हुन नसक्ने उनीहरुको तर्क छ ।

सूचना संसद सचिवालयलाई दिने अनि सभामुखले कारबाही गर्ने कार्यविधि रहेको बताए । ‘यो राजनीतिक विषय भएकाले ह्विप उल्लंघन गरेकोमा कारबाही गर्न मिल्दैन भनेपछि जवाफ दिनु भएको छ’, उनले भने, ‘ह्रिप उल्लंघन गरेको हो भनेर उहाँहरुले भनेकाले सभामुखलाई रोक्ने अधिकार छैन । त्यसैले यो कार्य गैरकानुनी भएको छ ।’

यस्तै पूर्व महान्याधिवक्ता बडालले यस्ता कार्यबाट दल बन्न नसक्ने उल्लेख गर्दै सभामुख सापकोटालाई काम गर्न रोक्न आदेश जारी गर्न माग गरेका छन् ।

 


Last Updated on: September 21st, 2021 at 11:08 am
७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया