बिहिबार ११ आश्विन २०८०

हुनेलाई आमाको मुख हेर्ने दिन म जस्तो एक्लीलाई भगवानले सरापे जस्तो लाग्छ। सानै उमेरमा श्रीमान र दुई ओटा गुमाएर एक्ली भएकी आमाको आफ्नै दर्दानक कहानी छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ३ भाडगाउकी गुल्मीकी ७९ बर्सिय कुमारीदेबी खत्री श्रीमान र भएका २ छोरा गुमाएपछी एक्लै घरमा बस्नुहुन्छ आमा। उहाँ दुस्ख सुखको साथ नै उहाँ पाल्नु भएका ती बाख्रा हुन।सानैमा श्रीमान र छोरा गुमाइ सकेकी आमाको मुहारमा कहिले खुसी फर्केन ।एक्ली बुढा आइमाइलाई कस्ले पो माया र दया देखाउछ र भए दुइ छाक खाना खाएर सुत्छु नभए भोकै पनि सुत्ने अवस्था आउछ।आफ्नै पिडा र दुस्खले भरीएको जिन्दगी छ ती एक्ली आमाको ।

आज मातातिर्थ औसी अर्थात आमाको मुख हेर्नी दिन आज बिहानै देखी सबैका छोराछोरीहरुले आफ्ना आमाहरूलाई मिठो खानेकुरा र राम्रो लुगा लगाइदीदै आरिर्वाद लिरहनुभएको छ तर।छोरा छोरी भएकालाई पो दशै,तिहार र ठुला ठुला चाडपर्व हामी जस्ता कोही नहुनेको लागि यो दिन आउदा भगवानले सराप दिए जस्तो लाग्छ बाबु पत्रकार मोहन बस्नेतलाई अंगाल्दै रुनुभयो आमा । समाजले पनि हेला गर्छन् बुढेसकालले छोयो न काम गर्न सक्छु न, आफ्नो बुढेसकालको साहारा छ ।जति बुढैली लाग्यो उति आफ्नो शरिरले पनि साथ छोड्दो रहेछ ।मेरो कोही साहार भएन बिरामी हुदा तातो पानी पनि खान सक्दीन। सधैभरी बिरामी मान्छे औषधी खाइरहनु पर्छ बिहान, साझको छाक टार्न धौ धौ मेरो स्थितीले औषधी किनेर कसरी खाउॅ उनी निशब्द।

बाबु तिमी समय समयमा मलाई सहयोग लिएर आएको छौ र मेरो दैनिकी गुजारा गरिरहेकी छु । संसारमा म जस्तो अभागी र एक्लो जीवन कसैलाई कटाउन नपरोस,यत्तीकैमा आमाको आखाबाट बर्र आसुले आखा भिजायो। आमाको पिडालाई केही हद सम्म भएपनि कम होस् भनेर नेपाल अपडेटका संचालक पत्रकार मोहन बस्नेतले यस भन्दा अगाडी निकै सहयोग गरेका थिए।उनले, मोवाइल,खाधन्न,लत्ताकपडा र आमाको औषधी बोकेर आमाको घर पुग्दा आमाको खुसीले सिमा नै नाघ्यो उनलाई अंगाल्दै मेरो कान्छो छोरा आयो भन्दै झम्टिएर नाच्नुभयो बुढी आमा। अघिल्ला दिनहरुमा जस्तै आज पनि आमाको मुहारमा केही खुसी ल्याउनको लागि उनी आमाको घर पुगेका छन्।आमाको मुख हेर्नको लागि उनले सारी,खानेकुरा र औषधी लगेर गएको भिडीयोमा देखिएको छ।आमा जस्ता हजारैको मुहारमा खुसी छाओस् आजको दिन ।

 


Last Updated on: May 13th, 2021 at 10:54 am
६६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया