बुधबार २२ मंसिर २०७८

सबैका आमाबुबाले जस्तै कमला र कुवेर शाहीले पनि सोचेका थिए, कतै छोरी खेलकुदमा लागेर बिग्रिने त होइन चिन्ता स्वाभाविकै थियो । तर जतिबेला छोरीले देशका लागि खेलेर अपार ख्याति कमाइन् त्यतिबेला तिनै आमाबुबाले भनेछन् हाम्री छोरीले त हाम्रो इज्जत पो बढाइन् ।

यो प्रसंग हो, नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको ।२०७६ सालमा नेपाली खेलकुदको वृत्तान्त भन्नु नै नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद हो । त्यसका अनेकन् सफलताका कथा छन् । त्यसैमध्ये सम्भवत सबैभन्दा मनछुने पदक हो, महिला भलिबल टिमले जितेको रजत ।

भन्नेले भन्दा हुन्, एकपछि अर्को स्वर्णको हुलमा यो रजत पदक के नै हो र रु तर, त्यस्तो होइन । यो रजत पदकको सार नै बेग्लै छ अनुपम पनि । भलिबल त नेपालको राष्ट्रिय खेल हो । त्यसमाथि महिला भलिबल बढी नै लोकप्रिय छ । यसका लागि वर्ष २०७६ बेग्लै सानको रह्यो ।

यही वर्षको उपलब्धिले देखाउँछ यो खेलमा नेपालको सम्भावना उत्तिकै बाक्लो छ । नेपालले त्यो वर्ष एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण जितेको थियो । यो महिला भलिबलले पाएको अहिलेसम्मकै ठूलो सफलता हो । त्यसपछि त दक्षिण एसियाली खेलकुदमा रजत पदक हात परिहाल्यो ।

यो यात्रामा टिमकी सबैभन्दा ठूला पात्र रहिन् यिनै अरुणा । उनी कप्तान त हुन् नै गहकिला सेटर पनि हुन् ।नेपाली महिला भबिललमा आम खेलप्रेमीमा सबैभन्दा चिनिने नाममध्ये सबैभन्दा अगाडि अरुणाकै नाम आउने गर्छ । आखिर यी २७ वर्षीया चेलीले त्यसको आधाभन्दा बढी उमेर अर्थात् १४ वर्ष भलिबलप्रति समर्पित गरिसकेकी छन् ।

यिनै दुई ठूलो सफलतापछि म्याग्दी रघुगंगा गाउँपालिकाका आमाबुबाले आफ्नी छोरीलाई लिएर गर्व नगरी कहाँ हुन्थ्यो र रु उनी त अब पूरा गाउँकै सान हुन्, अझ यो भौगोलिक घेरा तोडेर देशकै इज्जतसमेत भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने वर्ष ०७६ को पल्सर स्पोर्टस अवार्डको लोकप्रिय खेलाडी विधाको मनोनयनमा अरुणा परेकी छन् ।

अब अरुणालाई समग्र भलिबलप्रति पुर्‍याएको योगदानका लागि धेरैभन्दा धेरै मत दिएर जिताउने काम आम खेलप्रेमीको हो ।फेरि एकपल्ट त्यही १३औं दक्षिण एसियाली खेलकुदमा फर्कौ न त्यसमा पनि महिला भलिबलको फाइनल । नेपालको प्रतिद्वन्द्वी थियो भारत । स्वर्णको प्रतिस्पर्धामा नेपालले सुरुआती दुई सेट जितेको थियो ।

सबैलाई लागेको थियो अब स्वर्ण नेपालकै हो । तर त्यस्तो भएन, नेपालले त्यसपछि तीन सेट गुमायो । यो तीन सेट गुमाएको मात्र थिएन स्वर्ण नै गुमाएको थियो । अरुणालाई मुखमै आएको गाँस खोसिएजस्तै लाग्यो । फाइनल खेल के सकिएको थियो, सबै खेलाडीले मन थाम्न सकेनन् कोर्टमै आँसु बगाए ।

अरू बेला खासै रून नपर्ने अरुणाले पनि आफूलाई रोक्न सकिनन्, आँसु बगिहाल्यो । त्यसो त अरुणा खासै बोलिरहने खालकी होइनन् । उनलाई हल्का अन्तरमुखी स्वभावकी भन्दा हुन्छ । कप्तान भएयता उनलाई बोल्नुपरेको छ । तर, कम बोल्न सबैले जस्तै उनले सपना भने धेरै देख्छिन्, त्यो पनि दिउँसै ।

सपनासँगै मनका कुरा खेलाउने बानीभन्दा हुन्छ । विश्वास नहुन सक्छ, त्यो फाइनल सकिएको एक वर्ष भइसकेको छ अरुणाको मनबाट त्यतिबेलाका कुनै पनि क्षण हराएका छैनन् ।सबै आँखै अगाडि छन्, सिनेमाका दृश्यजस्तै चारैतर्फ घुमिरहेका छन् ।

उनलाई लाग्छ समयको चक्र उल्टो घुमाएर फेरि फाइनलसम्म पुग्न पाए ती हारेका तीन सेटलाई उल्टाउने प्रयास गर्थिन् । स्वर्ण जित्न प्रयास गर्थिन् । यी सबै कल्पना नै त हुन्, तर यसले अरुणा कस्ती छन्, त्यसको सार खिच्छ । उनी हाकाहाकी भन्छिन् भलिबल नै मेरो पहिलो प्रेम हो ।

सानोमा वीरेन्द्र सिल्ड खेल्दा उनी पहिलोपल्ट प्रशिक्षक कौशिला खत्रीको नजरमा परेकी थिइन्, त्यसपछि त सिधै भलिबल का लागि चर्चित ज्ञानुबाबा स्कुल पुगिन् । त्यसपछि कथा त धेरैलाई थाहा छ । केही वर्षयता त उनी कप्तान छिन् । कान्तिपुरबाट साभार

 

 


Last Updated on: September 21st, 2021 at 2:21 pm
११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया