बिहिबार २३ मंसिर २०७८

कोभिडका कारण बन्द रहेको नेपाल भारत सीमा नाकाबाट भारतीय पर्यटकलाई नेपाल भित्रन दिने भन्दै घुस लिएको आरोपमा रुपन्देहीमा एक प्रहरीसहित २ जना प,क्रा,उ परेका छन् । रुपन्देहीको बेलहिया सीमा नाकाबाट नेपाल प्रवेश गर्ने ८ जना भारतीय पर्यटकसँग घु,स लिएको आरोपमा इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी सन्तोष गुप्तालाई प्रहरीले प,क्रा,उ गरेको हो ।

पशुपतिनाथ मन्दिर दर्शन गर्ने उद्देश्यले गुजरात ट्राभल्समार्फत बेलहियासम्म आएका ८ जनाको समूहलाई ट्राभल्सका कर्मचारी गुप्ताले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रतिव्यक्ति ५ सय भारुका दरले रकम उठाएका थिए । सो रकम प्रहरीलाई बुझाएर पर्यटकको समूह नेपाल प्रवेश गरेको थियो । घटनाबारे उजुरी परेपछि रुपन्देही प्रहरीले सोमबार अबेर राति गुजरात ट्राभल्समा काम गर्ने यादव र प्रहरी जवान लोहारलाई नियन्त्रणमा लिएको छ।प,क्रा,उ परेका दुई जनामाथि अहिले थप अनुसन्धान भइरहेको रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो । बेलहिया नाका कोभिडका कारण बन्द छ । तर प्रहरी र ट्राभल एजेन्टको मिलेमतोमा भारतीय पर्यटक तथा सर्वसाधारण नेपाल भित्रिरहेको स्थानीयको गुनासो छ ।

कञ्चनपुर, असोज ५। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात÷आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढु्ङगामुढा प्रहार गरेका हुन् । भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहार गरी भागेको उहाँले बताउनुभयो ।

 


Last Updated on: September 21st, 2021 at 3:13 pm
७० पटक हेरिएको

तपाईको प्रतिक्रिया