शुक्रबार १७ मंसिर २०७८

मेलम्चीकि आइती तामाङ अहिके काखे छोरी सहित बिचल्लीमा छिन । उनका श्रीमानले अर्कै सौ´ता लिएर हिडेपछी अहिले उनी श्रीमानको खोजी गर्दै मिडियामा आएकी छिन । काम गर्न भन्दै इन्डिया गएका उनका श्रीमान पेम्बा तामाङले फर्केर आउदा सौ´ता लिएर आएको उनले बताएकी छिन । तर घर आउदा श्रीमानले उक्त केटि आफुलाई साथै हो इन्डियाबाट सगैँ आएको, घर यतै मेलम्ची माथी भएको बताएका थिए ।

काम गर्न गएका श्रीमान आफू बि´रामी भएको भन्दै फोन गरे पछि आफुले घर आउन भनेको उनले सुनाइन । ल´क´डाउनको कारणले एक्लै घर आउन स´मस्या भएको भन्दै केही दिनमा सबै जना भएर आउने बताएको उनले सुनाए । तर घर आउदा एकजना महिला पनि सगैँ आए पछि आफुले को हो ? भन्दा साथी भनेको र आफुले उक्त महिलालाई पनि सोध्दा त्यसै भने पनि आफुलाई पत्यार नलाएको उनले सुनाईन । तर एउटा कुरा गर्नु छ भन्दै ती महिलाले भन्न थाले पछि आफुलाई शं´का लागेको उनी बताउँछिन ।

पेम्बा घर आए पछि छिमेकीहरु घर आएर सगैँ आएको साथी होला राम्रोसगँ खाना दिनु भोलि घर जान्छ भन्दै छिमेकीहरु गए पछि ती महिलाले आफू घर नजाने भन्दै आफू पेम्बासगैँ आएको, पेम्बाले आफुलाई फ´साएको ती महिकाले भनेको उनले बताइन् । आफ्नो छोराछोरी भै सकेकाले घर जान आग्रह आफुले गर्दा पेम्बा बि´रामी नि´को भए पछि सबैसगँ कुरा गर्ने भन्दै अहिले आफू नजाने उनले बताएको आइती तामाङले जानकारी दिइन ।

केही बेर पछि श्रीमानले आफुलाई बोलाएर आफू फ´सिसकेको नल्याउनु ल्याइसकेको हुनाले अब दाजु भाईहरुलाई सम्झाउनु भन्दै श्रीनानले आफुलाई भनेको पनि उनले सुनाइन । मैले भने ठाउँमा राख्ने हो भने मात्र आफू बस्ने नत्र नबस्ने बताए पछि श्रीमानले तिमी गए आफू पनि सगैँ जाने भन्दै भन्न थालेकी उनके सुनाइन । उक्त महिलाले भने अब जे हुनु भै सक्यो, मिलेर बसौँ आफू अब कतै नजाने भन्दै आफुलाई र श्रीमान पेम्बालाई भनेको उनले सुनाईन ।

तर मिलेर बस्ने भनेको केही दिनपछि भने यदि आफुलाई राम्रो नगरे आफू म´र्ने, तिमिहरु फ´स्छौ भन्दै रातमा हिड्न थालेको आइतिले बताइन । त्यसरी हिड्न थाले पछि आफुले सम्झाएर राखेको उनी बताउँछिन । पेम्बा निको भएपछी मिलाएर राख्छ होला भन्ने लागेर आफुले कसैलाई पनि पेम्बाले अर्कि श्रीनती ल्याएको कुरा नभनेको उनी बताउँछिन । तर आफ्नो दाजु भाईहरुले थाहा पाएर फोन गरे पछि किन दाईभाईलाई भनेको भन्दै पेम्बा र उनकी कान्छी श्रीमती म´र्ने भन्दै हिडेको उनले बताइन ।

पछि दुबैलाई सम्झाएर आफू पनि यहि घरमा बस्ने सबै मिलेर वसौँ तिमिहरु पनि कतै नजानु भन्दा अब श्रीमान र ती महिलाले अब ग´ल्ती भै हाल्यो अब आफुहरु कतै नगै यहि मिलेर बस्ने भने पछि उनिहरु घर छोडेर हिन्छ भन्ने आफुले नसोचेको उनले बताइन । तर त्यसको तीन चार दिन पछि उनिहरु दुबै जना हराएको आइतिले बताइन । अहिले फोन सम्पर्क पनि नभएको र कहाँ गए भन्ने थाहा नभएकोले प्र´हरीमा उ´जुरी गर्न खोज्दा ससुराले आउछन होला उ´जुरी नगरौ भनेकोले आफुले त्यो बेला नगरेको उनी बताउँछीन । तर अहिले सम्म नफर्किएकोले आफू मिडियामा आएको उनले बताइन । (भिडियो हेर्नुस


Last Updated on: September 21st, 2021 at 5:27 pm
७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया