बिहिबार २३ मंसिर २०७८

पर्सा : अरूले संचालन गरेको उद्योगको ट्रेडमार्क र डिजाइन लेबल टाँस गरी प्रतिलिपि अधिकार ऐन विरुद्धको कसुर गर्ने एक अभियुक्त पर्साबाट प,क्रा,उ परेका छन्। बढी नाफा कमाउन सर्वसाधारण उपभोक्तालाई झुक्याउँदै अरूको उद्योगको ट्रेडमार्क र डिजाइन लेबल टाँस गर्ने अभियुक्तलाई पर्सामा प,क्रा,उ गरिएको हो।
प,क्रा,उ परेका अभियुक्त वीरगन्ज महानगरपालिका-८ का रोहित साह कानु रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। अधिक नाफा कमाउने उद्देश्यले वीरगन्ज २८ सवैठवामा रहेको ‘चट्कर बीएमपी स्पाइस’ उद्योगको ट्रेडमार्क र डिजाइन लेबल टाँस गरी कानुले बिक्री वितरण गर्दै उपभोक्ता ठगी गरेको भेटिएपछि प,क्रा,उ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।
साहले संचालन गरेको उद्योग चाँहि अन्नपूर्ण मसला उद्योग रहेको प्रहरी नायव उपरीक्षक खनालले बताए। कानुनले संचालन गरेको अन्नपूर्ण मसला उद्योगमा रीतपूर्वक खानतलासी लिँदा चट्कर बीएमपी स्पाइसको लेबलिङ्ग गरेका ६ सय ५४ पोका तयारी मसला, तयारी गर्न बाँकी १० बोरा मसला, मसला पिस्ने मेशिन थान १ पनि र स्पाइसका स्टीकरहरू पनि अरु बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।
प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गतको कसुर गरेको भेटिएपछि थप अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट पाँच दिनको म्यादसमेत थप गरी ल्याइएको पर्सा प्रहरीले जनाएको छ।

 

गृह जिल्लामा सधैँ कमजोर

राष्ट्रिय राजनीतिमा ‘आइकनिक फिगर’ बनाएका शर्मा आफ्नै गृह जिल्लामा भने कमजोर अवस्थामा छन् । आइतबार गृह जिल्ला झापा पुगेर महामन्त्री पदका लागि आफ्नो २४ बुँदे अवधारणा सार्वजनिक गरे ।

आफ्नो अवधारणा सार्वजनिक गर्ने समारोहमा सहभागिताका लागि उनले जिल्लाका सबै क्षेत्रीय प्रतिनिधिहरुलाई म्यासेजमार्फत आमन्त्रण गरेका थिए । कार्यक्रममा सहभागिता जनाएका एक क्षेत्रीय प्रतिनिधिका अनुसार करिब ३ हजार ४ सय ३५ क्षेत्रीय प्रतिनिधि रहेको झापाका करिब सातसय हाराहारीमा मात्र क्षेत्रीय प्रतिनिधि शर्माको कार्यक्रममा सहभागी भए ।

“पार्टी प्रवक्ताले गरेको कार्यक्रममा जिल्ला कार्यसमिति सभापति नै अनुपस्थिति हुँदा मलाई नै कस्तो कस्तो अनुभव भयो,” ती क्षेत्रीय प्रतिनिधिले बाह्रखरीसँग भने ।

पाँचवटा निर्वाचन क्षेत्र रहेका झापामा एकसय ३१ वडा छन् । ती वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधि तीन हजार चार सय ३५ जना छन् । अर्का क्षेत्रीय प्रतिनिधिका अनुसार आइतबार शर्माको कार्यक्रममा अधिंकाश क्षेत्र नम्बर–१ का नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । ती सहभागी प्रतिनिधिका अनुसार शर्माले कार्यक्रम गरिएकै विर्तामोड नगरपालिका सभापति भोजराज सिटौला पनि उपस्थित भएनन् । शर्मालाई माया गर्ने देउवा समूहकै केशव कुमार बुढाथोकी पनि सहभागी भएनन् । पूर्वसभापति सुधीर सिवाकोटीलाई त खबर नै नगरिएको झापा कांग्रेसका नेता सजेश सिवाकोटीले बताए ।

“खबर गर्नुभएको भए हामी सबै मिलेर उहाँलाई सहयोग गर्थ्यौं, सुधीर शिवाकोटीका छोरा सजेशले भने, “तर खै खबर नै आएन ।”

तर, विश्वप्रकाश पक्षधरहरु भने निमन्त्रणामा विभेद गरिएको विषय अस्वीकार गर्छन् । शर्माले प्रत्येक क्षेत्रीय प्रतिनिधिहरुको मोबाइलमा म्यासेज गर्दै बिर्तामोडको अग्रसेन भवनमा आमन्त्रण गरेको उनीहरुको भनाई छ ।

“जिल्ला उपसभापति राम कट्टेलले सभापतिमा उमेदवारी घोषणा गर्नुभयो । कार्यक्रममा अर्का उपसभापति पनि उपस्थित हुनुहुन्थ्यो,” विश्वप्रकाश शर्माले बाह्रखरीसँग भने, “दुवै सचिव, सहसचिवलगायत बहुमत जिल्ला सदस्यहरुको उपस्थिति कार्यक्रममा थियो ।”

झापा जिल्ला सभापति उद्धव थापाले प्रवक्ताको व्यक्तिगत कार्यक्रम भएकाले आफूहरुको कार्यव्यस्तताले उपस्थिति जनाउन नसकेको प्रतिक्रिया दिए ।

“जानकारी नै नआएको हैन, त्यो उहाँको व्यक्तिगत एक्लो ढंगले गरिएको कार्यक्रम हो,” थापाले बाह्रखरीसँग भने, “हामी हाम्रो जिल्ला सदस्य तथा दलित संघ केन्द्रीय सदस्य सुन्धरा ल्वागुनको निधन भएकाले मलामी थियौँ, त्यसैले पनि उहाँको कार्यक्रम हाम्रो प्राथमिकतामा परेन ।”

कार्यक्रममा शर्माले आफ्नै पुस्ताका लागि भनेर ‘वान, टू, थ्री, फोर’ प्रस्ताव गरे । उनले एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको शपथको अवधारणा अघि सारे र त्यस भन्दाबढी एउटै व्यक्तिले पद लिन नहुने उनको अवधारणा छ ।


Last Updated on: September 21st, 2021 at 5:37 pm
११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया