आइतबार १९ मंसिर २०७८

प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारको नाम लिएर रकम ‘डिल’ गर्ने सर्लाही घर भएकी शुसिला थापा दहाललाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले रौतहटको गरुडा नगरपालिकाको विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिन भन्दै पर्सा मणिपुरका उदास कुमार पाण्डेसँग ६ लाख रुपैंया माग गरेको अडियो सार्वजनिक भएको थियो । फोन रेकर्डमा सुनिएको आवाज आफ्नै भएको उनले स्वीकारेकी छिन ।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी भण्डारीले भने ‘घटनाको छानबिनका लागी अहिले उनलाई नियन्त्रणमा राखिएको छ । फोन रेकर्ड गरेर आफूलाई बार्गेनिङ्ग गरेको पक्राउ परेकी महिलाले जनाएकी छिन्।

दोस्रो कलमा उनलाई पाण्डेले बैंकमा रसिद जम्मा गरेको फोटो म्यासेन्जरमा पठाइदिने भनेका छन् भने थापाले रसिदको फोटो हेरेर मात्र काम अगाडि बढ्ने जिकिर गरेकी छिन् । फोन रेकर्डमा सुनिएको आवाज आफ्नै भएको उनले स्वीकारेकी छिन ।

 

चाडपर्व नजिकिएसँगै प्रहरी सकृयता पनि बढेको छ । काठमाडौमा सर्वसाधारणको चहल पहल छ भने सवारी साधन पनि भरीभराउ छन् । दशैं तिहार छड लगायतका हिन्दुहरुले मान्ने ठूला चाड पर्व नजिकीएका कारण काठमाडौमा बसेकाहरु घर फर्कन थालेका छन् । विदेशमा रहेका नेपालीहरु पनि घर फर्किएका कारण विमानस्थलमा पनि अत्याधिक चाप छ ।

प्रहरीले चाडपर्वको समयमा हुन सक्ने गैरकानुनी काममा नागरिकलाई सचेत हुन प्रहरीले सतर्क गराएको छ । चाडपर्व लक्षित सचेतना पर्चा जारी गर्दै प्रहरीले यो समय चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरभेटीहरूलाई डेरावालको विस्तृत जानकारी लिन भनेको छ । पर्चामा आफ्नो घरमा डेरा गरी बस्ने व्यक्तिको नाम, थर, स्थायी ठेगानाका साथै फोटोसहित राख्न अनुरोध गरिएको छ ।

यस्तै, कुनै पनि टोलमा असामान्य व्यक्ति पटक(पटक देखिए निग्रानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिंड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न प्रहरीले भनेको छ ।

 


Last Updated on: September 24th, 2021 at 4:08 pm
१५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया