आइतबार १९ मंसिर २०७८

जिल्ला प्रहरी कार्यालय सुनसरीले आफ्नै ग्राहकको खाताबाट २७ लाख रकम झ्वाँम पार्ने सेन्चुरी बैङ्कका कर्मचारी केशव राईलाई प,क्रा,उ गरेको छ।

प्रहरीका अनुसार बैंक शाखा कार्यालय चतराका कर्मचारी राईलाई कीर्ते हस्ताक्षर गरेर ग्राहकको खाताबाट रकम निकालेको अभियोगमा प,क्रा,उ गरिएको हो।

३३ वर्षीय राईले चतराको सहायक पदमा कार्यरत हुँदा पार्वती बिष्टको खातामा रहेको २७ लाख रुपैयाँ कीर्ते हस्ताक्षर गरेर झिकेका थिए।उच्च अदालत विराटनगरले राईविरुद्ध प,क्रा,उ गर्न पुर्जी जारी गरेलगत्तै उनी फ,रा,र भएका थिए ।

प,क्रा,उ परेका राईलाई अदालतबाट ७ दिन म्याद थप गरि बैंकिङ कसुर मु,द्दा,मा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

 

नेपाली काँग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसद्सँग घृणा जागेका कारण अवरोध सिर्जना गर्ने गरेको आरोप लगाएका छन् । संसद्प्रति ओलीको घृणा सिङ्गो नेकपा(एमाले)मा पनि पुगेको भन्दै उनले एमालेले संसदीय मर्यादामा बस्न नसकेको बताए ।

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने – ‘केपी शर्मा ओलीले आफ्नो कार्यकाल भरी संसद्लाई हेप्नुभयो । संसद्लाई बेवास्ता गर्नुभयो । पटक–पटक भङ्ग गर्नुभयो । अहिले संसद् पुनःस्थापित भइसकेपछि उहाँलाई संसद्सँग यति घृणा लाग्छ कि यो संसद्लाई उहाँले पङ्गु बनाउनुभएको छ । अहिलेको हर्कत हेर्दै गर्दा सिङ्गो नेकपा(एमाले) लाई संसद् प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ ।’

नेता थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरूले बजेटको विषयमा बोल्न नपाएको उल्लेख गरे । एमालेको अवरोधले सांसदहरूले संसद्मा आफ्नो भूमिका समेत निर्वाह गर्न नपाएको बताए । एमालेको प्रस्तुतिले संसदीय पद्धतिको गरिमा राख्न नसक्ने उनको भनाई छ ।

फरक प्रसङ्गमा थापाले पार्टीको १४ औँ महाधिवेशन समयमै हुनेमा अन्योल भएको बताए । उनले बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुङ्ग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने बताए । मङ्सिरमा महाधिवेशन हुन्छ भन्ने कुरामा ढुक्क हुन नसकिएको उनले बताएका हुन् ।

पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय र नेताहरूलाई दिएको जिम्मेवारी पुरा नगरी जबाफदेहिता बिनाको राजनीति गरिएको उनले टिप्पणी गरे । उनले भने, ‘१३ जिल्लाको सदस्यताका कुराहरू टुङ्ग्याउने कुरा तत्काल आजभोलि गरिएन र यो तिथि मिति सार्दै जाने, जति सारे पनि हुन्छ भन्दै गयो भने थप अन्योल हुँदै जान्छ । महाधिवेशनको तिथि मिति सार्ने कुरा अब पार्टीको नेताहरूले आउन दिनुहुन्न । तर जुन हल्का ढङ्गले महाधिवेशनको बारेमा एउटाले सारौँ भन्ने अर्कोले हुन्छ, हुन्छ भन्ने जुन अवस्था बन्यो यसरी त जति बढाए पनि, तन्काइदिएमनि भयो । कसैले जवाफ दिनु नपर्ने, बैठक पनि बस्नु नपर्ने । जिम्मा पाएका नेताले जिम्मा पुरा गर्न नसकेपछि जवाफ दिनु नपर्ने ?’

 

 


Last Updated on: September 24th, 2021 at 4:12 pm
१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया