बिहिबार ११ कार्तिक २०७८

भारतको राजधानी नयाँ दिल्लीमा एक जना डाक्टरले आ,x त्म,x ह,x त्या गरेका छन्।

दिल्लीको साकेतस्थित म्याक्स अस्पतालको कोरोना वार्डमा खटिएका ३५ वर्षीय डाक्टर विवेक रायले आ,x त्म,x ह,x त्या गरेका हुन्। कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि

विवेक निकै तनावमा रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

दिल्ली प्रहरीले विवेकलाई साडीको सहायताले पंखामा झु,x न्डि,x ए,x को अवस्थामा फेला पारेको थियो। प्रहरीले रायको कोठामा सुसाइड नोट पनि फेला पारेको छ। नोटमा उनले आफूखुसी आ,x त्म,x ह,x त्या गरेको उल्लेख गर्नुका साथै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्।

डा. राय पछिल्लो एक महिनादेखि कोभिड वार्डमा काम गरिरहेका थिए। भारतीय मेडिकल एसोसिएसनका पूर्व निर्देशक डा. रवी वानखेडकरले विवेक सक्षम डाक्टर भएको र उनले महामारीको समयमा सयौंको ज्यान बचाएको बताएका छन्।

‘कोरोेनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि विवेक डिप्रेसनमा गएका थिए। महामारीबाट आजित भएका उनले जीवन समाप्त पार्ने निर्णय गरे,’ डा. वानखेडकरले भनेका छन्। यो घटनाले स्वास्थ्यकर्मीमा थप निराशा बढेको भन्दै उनले भारतमा खराब विज्ञान, खराब राजनीति र खराब शासन भएको टिप्पणी गरेका छन्।

भारतमा केही सातायता कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। शनिबारमात्रै त्यहाँ ३ हजार ६८९ जनाको ज्यान गएको छ भने ३ लाख ९२ हजार ४८८ जना संक्रमित थपिएका छन्।

 

यो पनि पढ्नुहोस : फोर्ड र वालकरको कथा एवं नेपालमै रोजगारीका उपाय।

राष्ट्र पति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७–७८ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा कोरोनाको महामारीले मुलुक आक्रान्त बन्दै गर्दा एकातर्फ स्वदेशमै रोजगारीको अभाव हुन गएको र अर्कोतर्फ विदेश गएका उल्लेख्य नेपाली फर्किने सम्भावना रहेको यथार्थता अघि सार्नु भएको छ। बेरोजगारलाई लक्षित गर्दै गुमेको रोजगारी पुनरुत्थान, नयाँ रोजगारी सिर्जना तथा स्वरोजगार बनाउनका लागि कृषि, बन, हर्बल आदिमा उद्यमशीलताको अवसरको अधिकतम उपयोग गरिने सरकारको नीति घोषणा गरिएको छ । विदेशमा रोजगारी गरेर फर्केका दक्ष युवा युवतीहरुलाई नेपालमै उद्यमशील बनाउन सुरुवाती पुँजी उपलब्ध गराउने योजना अन्य योजनासँगै अघि सारिएको छ।

सरकारले हाल उच्च प्राथमिकतामा राखेको विदेशबाट फर्केका, नेपालमै बेरोजगार बनेका र निजी क्षेत्रको लगानी कृषि तथा बन उद्योगमा आकर्षित गर्न कृषि र बनबाट आउने उत्पादनलाई स्थानीय स्तरमै खपत भइरहेको खाद्य, खाद्य सप्लिमेन्ट, प्राकृतिक सौदर्यका सामग्री, औषधि, जटिबुटी, आयुर्वेदिक र अन्य दैनिक जीविकाका पदार्थ उत्पादन गर्ने कच्चा पदार्थमा परिवर्तन गर्ने प्रविधि, सीपमुलक तालिम, प्रडक्टको फर्मुलेसन विकास गर्न र स्वरोजगारमुलक उद्यमशीलतामा जानको लागि जरुरी हुने बडी अफ नलेज, प्रयोगात्मक ज्ञान प्रदायक दक्ष संस्थाहरुको जरुरत पर्ने छ। हाम्रा मुलुकका युवाहरू किन अन्य मुलुकको तुलनामा नगण्य स्वरोजगार छन्? दातृ संस्थाहरूको ऋण सहयोग समेत लिएर स्टार्ट अप कम्पनीहरू खोल्न र खोलेका लाई उत्प्रेरकको भूमिका दिने भनी खोलिएका निकै ठूलो लगानीका योजनाहरू योजनाकाल भरी अलि धेरै तलब आउने जागिर खाने अखडा र स्थानीय स्तरमा हस्तान्तरणपछि अवकाशप्राप्त कर्मचारीहरूलाई यसो अल्झिने र घाम ताप्ने बदाम खाने स्थानमा परिवर्तित बने? लगानीको लगभग शून्य प्रतिफल मात्र दिन सके ? यो प्रश्न नेपालमा कहिल्यै कसैले उठाएन। उल्टो भनियो हामीले त प्रयास गरेकै हो।

तर के गर्नु नेपालमा एक त वातावरण नै छैन । घुमाउरो पारामा यहाँका युवाहरूमा उद्यमशीलतातर्फ जाने न त योग्यता, न त कागजी डिग्री नै रहेकोतर्फ इंकित गरिए। संसारमा हाल सम्म अस्तित्वमा आएका धेरै व्यवसायहरू मध्ये सबैभन्दा उत्कृष्ट व्यवसाय दिन सफल बनेका व्यक्तिहरूको जीवनी र उनीहरू कसरी त्यो उत्कृष्ट व्यवसायको विकास गर्न सके भन्नेबारे पुनरावलोकन गरेर हेर्दा सफल व्यवसायीमा हुनुपर्ने अनिबार्य खुबी भनेको उनीहरू परिचित रहेको समाजमा विद्यमान रहेको कुनै एक वा धेरै समस्याहरू सँग उनीहरू परिचित रहनु पर्ने र त्यो समाधान गर्न उनीहरूको अन्तर मनमा हुटहुटी जागृत हुनुपर्ने भन्ने देखिन्छ। उदाहरणको लागि संसारलाई ठूलो संख्यामा हिँड्ने मिसिन जसलाई हामी मोटरकार भन्ने गर्छौ त्यो बनाइदिने हेनरी फÞोर्डको औद्योगिक यात्राबारे पुनरावलोकन गरौँ । उनी एक सामान्य किसानको घरमा जन्मे । पढेर इन्जिनियर बने । उनलाई एडिसन इलुमिनेटिङ्ग कम्पनीले काम दियो । जति बेला उनी कृषि फार्ममा काम गर्थे, सवारीमा यात्रा गर्ने भन्ने कुरो धनी सम्भ्रान्त वर्गको मात्र पहुँचको कुरो थियो।

 

 


Last Updated on: September 24th, 2021 at 4:46 pm
१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया