बुधबार १० आश्विन २०८०

कोहि छ मन मिल्ने केटा अब त मलाई पनि विवाह गर्ने रहर जागिसक्यो
May 13, 2021 i news 13IntrestingNo Commenton कोहि छ मन मिल्ने केटा अब त मलाई पनि विवाह गर्ने रहर जागिसक्यो
चर्चित गायिका ज्योति मगरलाई नचिन्ने सायद थोरै नै होलान । यतिबेला कोरोइना भाईरस हुदैन थ्यो भने उनी यतिबेला बिभिन्न स्टेज कार्यक्रममा समय दिन भ्याई नभ्याई हुन्थ्यो । गायिका ज्योति मगर पछिल्लो समय डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले चर्चामा छिन् । उक्त शोमा उत्कृष्ट ५ भित्र पुगेर हालै बाहिरिएकी छन् । शोमा विभिन्न शैलीका नृत्य प्रस्तुत गरेको कारण चर्चाको केन्द्रमा रहेकी उनले शोमार्फत् आफुलाई

बहुमुखी प्रतिभाकी धनीको रुपमा समेत आफू चिनाउन सफल भएकी छन् । उनले सुरुमाती चरणमा माया मारेर बोलको लोकदोहोरी गीतमा अभिनय गरेपछि ज्योति बहुप्रतिभाकी धनी भनेर आम दर्शकहरुको मन जितेकी थिईन । लोकगायिकाको रुपमा चर्चित उनी म्युजिक भिडियो अभिनय तथा स्टेज पर्फमेन्समा बोल्ड अवतारको कारण पनि चर्चामा हुन्थिन् ।

त्यसैले त डान्सिङ विथ दि स्टार्स नेपाल उनी आफ्नो छवि परिवर्तन गर्न मात्र शोमा उनी सहभागी भएको आरोप पनि लाग्यो । उनी भने आफुमा रहेको बहुमुखी प्रतिभा प्रस्तुत गर्न शोमा सहभागी भएको बताउँछिन् । शोबाट बाहिरिएपछि नयाँ गीतसंगीतको तयारीमा रहेकी गायिका मगरलाई फ्यानले विवाह कहिले हेर्न पाउने छन भन्ने प्रश्नमा उनले जवाफ दिएकी छिन अब त मलाई पनि विवाहको रहर जागिसक्यो ।

मंसिरको महिना फेसबुक लगायत जताततै विवाह देख्दा मलाई धेरै रहर लागेको छ । मन मिल्दो राम्रो बर पाएँभने जुनै समय पनि हुनसक्छ विवाह । भनेको जस्तो बर पाइनँ भने कहिलै पनि नहुन पनि सक्छ भनेर रमाईलो जवाफ दिएकी छिन । चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन् । कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बताएकी थिइन् ।

कोसरोना महामारी शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन् । विकट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा संघर्ष गर्दै आफूले घर बनाएको कुरामा उनी गौरव गर्छिन् । काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन् । अविवाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गरेकी छन् । उनले आफुले घरज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन् ।

रमाइलो गर्दै उनले भनिन् घर भैसक्यो अब घरजम गर्ने तयारीमा छु । ज्योती मगर विशेषगरी उनका गीत र भिडियो अनि समय समयमा दिने बयानका कारण प्रायः चर्चामा रहने गर्छन् । नेपाली समाजले उनका धेरै गीतहरूलाई पाच्य मान्दैन ।
दशकभन्दा लामो समयदेखि कलाकारीतामा सक्रिय उनले नाम र दाम दुवै कमाएकी छन् । पछिल्लो समयमा उनले आफ्ना गीतहरुमा केही परिवर्तनहरू देखाउन थालेको देख्न सकिन्छ । शुरुवातमा उत्ताउला र उच्छृंखल हुने गीतहरू अहिले अलिकति सुधार भएको हुन सक्ने धेरैको बुझाई रहेको छ । उनको घरमा उनका दिदीका छोरा पनि बस्दै आएका छन् ।

उनीसँग आफ्नै लग्जरी कारपनि छ । उनको शौखिन जीवनशैली निक्कै लोभलाग्दो छ । अरु कालाकारको अवस्था हेर्दा र ज्योतिलाई नियाल्दा उनले आकाश पाताल हुनेगरी आर्थिक रुपमा सम्पन्नता ल्याएकी छिन् ।

 


Last Updated on: May 13th, 2021 at 11:13 am
१०३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया