बिहिबार ११ कार्तिक २०७८

ठमेलस्थित विहानी होटलमा एक जना जर्मन नागरिकको श,व फेला परेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका अनुसार डेविड मिटज्याकट नाम गरेका जर्मन नागरिकको श,व फेला परेको हो।

प्रहरीका अनुसार उनी तीन महिनाअघि पर्यटक भिसामा नेपाल आएको अनुसन्धानको क्रममा खुलेको छ । यस्तै, मृ,तकको नेपाली प्रेमिका भएको र उनलाई भेट्न नेपाल आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

उनका अनुसार ती नागरिक तीन महिना अघि पर्यटक भिसामा नेपाल आएको बुझिएको छ । शव पो’ष्टमा’र्टम गर्न त्रिवि शिक्षण अस्पताल लगेको र रिपोर्ट आएपछि घट्नाबारे थप बताउन सकिने प्रहरीले जनाएको छ ।

मृ,तकको नेपाली प्रेमिका भएको र उनलाई भेट्न नेपाल आएको बताइएको छ ।

 

मध्यदिनको चर्को घाम थाप्लोमाथि छ । असिनपसिन हुँदै उनी एक सहयोगीसँग धमाधम बाँसको टहरा भत्काइरहेका छन् । स्याङ्जा आँधीखोलाका विक्रम सुवेदीले पोखरा महानगरपालिका–४, मासबारमा च्याउ खेतीका लागि करिब ६ रोपनीमा बनाएको सबै टहरा सकेसम्म चाँडो भत्काइसकेर जग्गा छोड्नुछ । ‘हिजो (बुधबार) पानी परेर काम गर्नै पाइएन, आज यस्तो चर्को घाम लागिरहेको छ,’ निराश स्वरमा उनले भने, ‘न समयले साथ दियो न मौसमले ।’

२१ लाख रुपैयाँ लगानीमा च्याउ खेती थालेका सुवेदीको व्यवसाय कोरोना महामा’रीले चुर्लुम्म डुबायो । राम्रै कमाइ हुन थालेको बेला शुरु भएको लकडाउनले बजारमा हातहातै बिक्ने च्याउ खाल्डो खन्दै पुर्ने स्थिति सिर्जना गरिदियो । सहज समय पर्खंदापर्खंदै कोरोनाको दोस्रो लहर र निषेधाज्ञा शुरु भयो । ‘घरपरिवार, आफन्त सबैबाट ऋणधन गरेर थालेको व्यवसाय १२ लाख ९० हजार ऋण लगाएर डुब्यो,’ सुवेदी भन्छन्, ‘अब यो भाडामा लिएको जग्गासँगै स्वदेशको व्यवसाय छाड्दैछु । अनि केही महिनाभित्रै फेरि देश पनि छाड्दैछु ।’

व्यवसायले एकैचोटि घुँडा टेक्यो

सुवेदीले कतारमा पसिना बगाइरहँदा २०७२ सालमा अब उपरान्त स्वदेशमै व्यवसाय गर्ने प्रण गरेका थिए । त्यो बेला उनी गार्डेन हेरचार गर्ने ‘सेक्युरिटी गार्ड’ थिए । एकदिन आँट गरेर मालिकलाई भने, ‘गार्डेन मजाले गोडमेल पनि गर्छु, अलिकति पैसा थपिदिनुस् ।’ एउटै श्रमिकले दोहोरो काम भ्याउने प्रस्ताव आएपछि मालिकले थोरै मूल्य थप्न नाइँनास्ती गरेनन् । सुवेदीले बगैंचा हेरचाह, गोडमेलसँगै तरकारी पनि उब्जाउन थाले । त्यसरी उनी आप्mनै रुचिले गार्डबाट गार्डेनर बने । ‘कमाइ पनि राम्रै भयो,’ उनी भन्छन्, ‘गार्डेनर बनेपछि मासिक तलबमा ३०० रियाल थपिएको थियो ।’

उनी तीन वर्ष कतार बसेर २०७५ सालमा नेपाल फर्किए, घरजम गरे । बिदामा आएकाले उनले पाउने वार्षिक २२ सय रियाल बोनस पाएका थिएनन् । तर, जब विदेश फर्किने दिन आयो, नवदुलहीबाट ‘विदेश नजानु, बरु यतै केही गरौं’ भन्ने सुझाव आयो । वास्तवमा त्यसो भन्ने मुख मात्र फरक पर्‍यो, भित्री मनमा त दुलाहाको पनि त्यही कुराले हुँडलो मच्चाइरहेको थियो । त्यसपछि भयो नेपालमै केही गर्ने पारिवारिक सरसल्लाह र निर्णय । ‘ठूला बुवाले काठमाडौंमा च्याउखेती गरिरहनुभएको थियो, त्यसबारे बुझ्न तुरुन्त त्यता हान्निएँ,’ सुवेदी सम्झन्छन्, ‘दुई महिना ठूलो बुवासँगै च्याउखेती सिकेर फर्किएँ अनि पोखरामा प्रतिरोपनी वार्षिक २५ हजार रुपैयाँ तिर्ने गरी यही जग्गा भाडामा लिएँ ।’

कोरोना महामारीले व्यवसायलाई थला पारेपछि च्याउ खेतीको टनेल भत्काउँदै

व्यवसायमा लगानी गर्न उनीसँग जम्मा ५० हजार नगद थियो । ठूलो बुवा, दाजु, साथीभाइ सबैले १–२ लाख, १–२ लाख रुपैयाँ सहयोग गरे । एकजना साझेदार पनि बनाएपछि १५ लाखबाट काम थाल्ने तारतम्य मिल्यो । ‘ऋण धेरै भए पनि कमाइ राम्रै होला, उठिहाल्ला भनेर काम पनि थालिहालें,’ सुवेदी भन्छन्, ‘तर सोच्दै नसोचेको महामारीका कारण यो दिन देख्नु पर्‍यो ।’

उनले साढे ४ रोपनीमा च्याउखेती र बाँकी जग्गामा तरकारी खेतीका लागि टहराहरु बनाएका थिए । पहिलो वर्ष सोचेजस्तै च्याउ उम्रियो, सोचेजस्तै कमाए पनि । तर, दोस्रो वर्ष लाग्दै गर्दा बिरामी भएका साझेदार साथीले लगानी फिर्ता लिए । त्यसलगत्तै कोरोना महामारी फैलियो, त्योसँगै देशव्यापी लकडाउन शुरु भयो ।

लकडाउनपछि सबका सब घरमै थुनिए । न बजारबाट माग आयो, न छरछिमेकबाट । ‘बेच्न तयार भएका च्याउ र तरकारी खाल्डो खन्दै पुर्दै गर्नुपर्ने भयो,’ सुवेदी भन्छन्, ‘बुढाबुढी नै रातारात खटेर उठाएको व्यवसाय एकैचोटि चौपट भयो ।’ पोखराको च्याउखेतीमा आफूसहित १५ जना डुबेको उनी बताउँछन् । त्यसपछि हार खाएर फेरि विदेश जाने सोच बनाएको उनले बताए । ‘श्रीमती अझै पनि गाउँ फर्किएर बाख्रा पालौं भनिरहन्छिन्,’ सुवेदी भन्छन्, ‘तर पहिलेको ‘गल्ती’ दोहोर्‍याउने आँट ममा छैन । बाख्रा पालेर यत्रो ऋण कसरी तिर्ने ? त्यसैले फेरि कतार जाने भएको छु ।’

 


Last Updated on: September 24th, 2021 at 5:07 pm
११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया