बिहिबार ११ कार्तिक २०७८

कैलालीमा मासु पसल सञ्चालनका विषयमा वि,वा,द हुँदा च,क्कु हा,ना,हा,न भएको छ । कैलालीको धनगढीमा मासु पसल सञ्चालनका विषयमा दुई पक्षबीच वि,वा,द हुँदा च,क्कु हा,ना,हा,न भएको हो।

मस्जिदसँगै मासु पसल सञ्चालन गरिरहेका पप्पु कुरेसी पक्ष र उक्त पसल बन्द गराउनुपर्ने माग गर्दै आएको अर्को पक्षबीच वि,वा,द बढ्न थालेपछि दुवै पक्षबीच दैनिक तनाव भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मासु पसल सञ्चालनको वि,वा,द बढ्न थालेपछि धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा दुवै पक्षबीच दैनिक तनाव भइरहेको जानकारी दिए। ‘एक पक्षले अर्को पक्षलाई आरोप लगाउने क्रम जारी छ,’ उनले भने।

सो क्रममा बिहीबार च,क्कु हा,ना,हा,न भएको स्थानीयले बताएका छन्। च,क्कु प्रहारबाट २ जना घाइते भएको बताइएको छ। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले सो क्षेत्रमा दैनिक तनाव भइरहेको तर च,क्कु प्रहारबारे हालसम्म पुष्टि नभएको बताए। ‘बिहीबार राति पनि आफूहरुमाथि २ जनाले च,क्कु प्रहार गरेको भन्दै केही व्यक्ति प्रहरी समक्ष आएका थिए,’ उनले भने, ‘ती दुवैजनालाई प,क्रा,उ गरेर सोधपुछ गर्दा च,क्कु प्रहार गरेको पुष्टि भएन। त्यसपछि आफन्तको जिम्मा लगाएका छौ‌।’

मस्जिदसँगै मासु पसल सञ्चालन गरेका पप्पु कुरेसीलाई भने केही दिन अघि प्रहरीले ,प,क्रा,उ गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताए। उनीमाथि झै–,झ,ग,डा गरेको आरोप लागेको प्रहरीले जनाएको छ। यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नेपाली नूरी जामे मस्जिद संघले बिरोध गरेपछि उपमहानगरपालिकाले बधशाला सिल गरेको थियो। तर कुरेसीले अदालतबाट अन्तरिम आदेश ल्याएपछि उक्त स्थानमा पसल पुनः सञ्चालन आएको जनाइएको छ।

 


Last Updated on: September 24th, 2021 at 6:22 pm
२१० पटक हेरिएको

तपाईको प्रतिक्रिया