शनिबार १८ मंसिर २०७८

दशैको लागि घर फर्किदै गरेको सबारी दुर्घ टनामा परि मृ’त्यु हुनेको परिचय खुल्यो

बडा दशैँ सुरुवात हुन लागे संगै मानिसहरु घर आफ्नो घर आउने क्रम बिस्तारै सुरु हुदै गएको छ l निक्कै टाडा टाडा हरुका हरु प्राय घर आउने क्रममा मा छन्

भारतबाट नेपाल फर्किन क्रममा दैलेखमा सबारी दुर्घट ना भएको छ l दुर्घट नामा परि चार जनाको नि धन भएको छ।

दैलेखको दुल्लु नगरपालिका–६ खर्चेगैराका कालो रावलको परिवारका ३ सदस्यसहित नेपाल फर्किन लागेका चार जनाको सबारी दुर्घ टनामा परि नि धन भएको हो।

मु’त्यु हुनेहरुमा दुल्लू नगरपालिका १३ खर्चेगराका भीमबहादुर रावल, भतिज टोपेन्द्र रावल र श्रीमति बुद्धि रावल रहेका छन् तेस्तै दुल्लु नगरपालिका–१३ कै तोलीपानीका तिलक घर्तीको पनि सबारी दुर्घ टनाकै क्रममा नि धन भएको जनाइएको छ ।

बिचारा दशैं मनाउला भन्ने मनमा कति हर्ष उल्लास थियो होला तर के गर्ने मृ त्यु खबर गेरर आउदैन रैछ । मनको त्यो उत्साह र उमंग घर नपुग्दै

 

नेपाली काँग्रेस छत्रेश्वरी गाउँपालिका सल्यानकाे सभापतिमा सिता केसी विजय भएकी छन् । उनका प्रतिद्वन्द्वी टेक बहादुर विष्टलाइ १९ मतले हराउँदै केसी निर्वाचित भएकी हुन् ।

केसीले ६१ मत ल्याएकी छन् भने प्रतिद्वन्द्वी विष्टले ४२ मत ल्याएका छन् । निर्वाचित केसी छत्रेश्वरी गाउँपालिका सरकारकी उपाध्यक्ष समेत हुन् ।

काँग्रेस सल्यानमा दश वटा पालिकामा सभापतिकाे नेतृत्वमा उनि एक्ली महिला हुन् । उनि जिल्ला सभापति केश बहादुर विष्ट टिमका हुन् ।

यसैबीच कालिमाटी गाउँपालिकामा गणेश केसी सभापतिमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी पुर्ण बहादुर खत्रीलाइ ५० मतले हराउँदै केसी विजय भएका हुन् । केसीले ७३ मत ल्याएका छन् भने खत्रीले २३ मत ल्याएका छन् । निर्वाचित केसी जिल्ला सभापति धुर्वराज पुरी टिमका हुन् ।

उता कुमाख गाउँपालिकामा इश्वरी शाही निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी इन्द्र शर्मालाइ हराएका हुन् । विजय भएका इश्वरी केश बहादुर विष्ट टिमका हुन् ।

सल्यानका अन्य पालिकाहरुमा यतिबेला मत गणना भैरहेकाे छ ।

त्रिवेणी गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकामा अध्यक्ष लगायतको पदाधिकारी चयनमा सहमति भएकाे छ । त्रिवेणी गाउँपालिकामा गंगाराम पुन र सिद्ध कुमाख गाउँपालिकामा बीर बहादुर बुढाथाेकी र्निविरोध अध्यक्ष भएका छन् ।

त्रिवेणीका पुन जिल्ला सभापतिका उमेद्वार केश बहादुर विष्ट नजिकका हुन् भने सिद्ध कुमाखका बुढाथाेकी धुर्वराज पुरी नजिकका हुन् । यी पालिकामा सहमति गर्दा दुवै पक्षलाइ पदाधिकारीमा मिलाएर सहमति गरिएकाे बताइएकाे छ ।


Last Updated on: September 26th, 2021 at 10:50 am
१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया