आइतबार १९ मंसिर २०७८

शैन्य आधार तालीम गरिरहेका एक नेपाली सेनाका जवानको मृ’त्यु भएको छ।मृ’त्यु हुनेमा अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारू रहेका छन् ।नेपाली सेनाको श्री न. २ तालीम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अचानक अ चेत भए लगत्तै वीरेन्द्र सैनिक अस्पताल छाउनीमा लगिएको थियो ।उपचारकै क्रममा उनको नि’धन भएको बताइएको छ । लाउँ लाउँ खाउ खाउ भन्ने उमेर मै संसार छोडेर गए।

 

नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ ।

यो मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने मौसमविद् मञ्जु बासीले बताइन् । अबको एक सातामा यस वर्षको मनसुन बाहिरिन सक्ने उनले जानकारी दिएकी छन् ।

यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो । मौसमविद् बासीले यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर दुईमा मनसुन बाहिरिने मिति तोकिएको बताइन् ।

आगामी तीन दिनको मौसमको अवस्था

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान एक बुलेटिन जारी गर्दै आगामी तीन दिनको मौसमको अवस्थाबारे प्रक्षेपण गरेको छ । जसअनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार पनि देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आगामी २४ घण्टामा देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरूका पहाडी भू(भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु अनुरोधसमेत गरेको छ।

 


Last Updated on: September 26th, 2021 at 12:30 pm
२५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया