मंगलबार २३ जेठ २०८०

दाङमा एकै दिन दुई दिदीबहिनीको झाडापखालाका कारण मृ’त्यु भएको छ ।

जिल्लाकाे राजपुर गाउँपालिका वडा नं. ६ की ११ वर्षीया रिता र १३ वर्षीया विनिता बुढाको एकै दिन मृ’त्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टलेले प्रेम बुढाका दुई छोरीको झाडापखालका कारण एकै दिन मृ’त्यु भएको बताए।

‘शनिबार बेलुका स्थानीय खोलाबाट माछा मारी पकाएर खाएपछि उनीहरूलाई पाखाला सुरू भएको र उपचारका क्रममा दुई दिदीबहिनीको मृ’त्यु भएको भन्ने कुरा बुवा प्रेमले प्रहरीसमक्ष जानकारी दिनुभएको छ,’ भट्टले भने, ‘अहिले दुबै दिदीबहिनीको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।’

प्रहरी निरीक्षक भट्टका अनुसार दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रिताको बिहान ६ बजेतिर स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृ’त्यु भएको थियो। राजपुर गाउँपालिका नेपाल-भारत सीमा नाका क्षेत्रमा पर्छ ।

राजपुर वनजंगलभित्रको विकट ठाउँ रहेकाले त्यहाँबाट लमहीमा उपचारको लागि ल्याउन निकै कठिन छ।

भारतीय सरकारले स्थानीय निकायको निर्वाचनका कारण आइतबार र सोमबार दुई दिन सीमा सिल गरेकाले दुबैलाई चाहेर पनि भारतका अस्पतालमा उपचारका लागि लैजान नपाइएको परिवारलाई उद्धृत गर्दै प्रहरी निरीक्षक भट्टले बताए।


Last Updated on: May 13th, 2021 at 5:34 pm
९८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया