शनिबार १८ मंसिर २०७८

एक बालकको मृ,x त्यु भएपछि झापाको दमकस्थित एडभान्स अस्पताल तो,ड,फो,ड भएको छ।

उपचारका लागि अस्पताल ल्याएका बालकको मृ,x त्यु भएपछि बालकका आफन्तले दमकको एडभान्स अस्पताल तो,ड,फो,ड गरेका हुन्।

कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल–१ का ११ महिने शिशु कृजन खड्काको उक्त अस्पतालमा मृ,x त्यु भएको थियो।

बालक खड्कालाई शुक्रबार अस्पताल ल्याइएको थियो। उपचारका क्रममा कोरोनाको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।

बच्चाको अवस्था सामान्य भएको र अस्पताल भर्ना नगरि औषधि दिएर घर पठाएको चिकित्सकले बताएका छन्। तर बालकलाई घर पुर्‍याएपछि अवस्था गम्भीर बनेको बालकका आफन्तले बताएका छन्।

बालकका आफन्तले अस्पतालमा ढुंगा प्रहार गर्दा अस्पतालको भवनका सिसा फुटेका छन्।

ढुंगा प्रहारमा संलग्न केहीलाई प्रहरीले प,क्रा,उ गरेको छ।

अस्पतालकी कर्मचारी स्वस्तीका भट्टराईका अनुसार उक्त बालकलाई केही दिन अघि एडभान्स अस्पतालकै बालरोग विशेषज्ञले उपचार गरेका थिए। शुक्रबार एक्कासी बालकलाई गाह्रो भएपछि अस्पताल ल्याइएको थियो।

तर कोरोना पोजिटिभ देखिएपछि कोरोना पोजिटिभ बालबालिका राख्ने स्थान नभएकाले अस्पतालले औषधि दिएर घर पठाएको थियो।


Last Updated on: September 26th, 2021 at 1:05 pm
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया