बिहिबार ११ कार्तिक २०७८

बीपी राजमार्गमा अवरूद्ध भएपछि बसभित्रै सुत्केरी भएकी आमा र बच्चालाई प्रहरीले उद्धार गरी धुलिखेल अस्पताल भर्ना गरेको छ । आज काभ्रेको जिल्ला रोशी गाउँपालिका वडा ११ माम्ती खोलामा बाढी पहिरो आए बीपी राजमार्ग सडक खण्ड अबरोध हुँदा सिन्धुलीबाट भाडाको बसमा धुलिखेलतर्फ आउँदै गरेको एक गर्भवती महिला बसभित्रै सुत्केरी हुनुभएको थियो ।

नवजात शिशु र आमालाई प्रहरीले उद्धार गरी धुलिखेल अस्पतालमा भर्ना गरेको डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार धुलिखेल अस्पतालमा ‘एकद्धार संकट व्यबस्थापन केन्द्र” द्धारा नि:शुल्क उपचारको व्यवस्था मिलाईएको छ ।

हाल आमा र शिशु दुबैको अवस्था सामान्य रहेको छ ।खोटाङ घर भएकी २१ बर्षिया आशा राईले लामो समय सडक अवरुद्ध हुँदा बसभित्रै बच्चा जन्माएको बताईएको छ ।।बैतडीमा भएको जीप दुर्घटना थप एक जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बर को जीप लगनबजार नजिकै दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी ३ जनाको मुत्यु भएको बैतडी प्रहरीले जनाएको छ। दुर्घटनामा परी सिगास गााउँपालिका ३ का ६४ वर्षीय रामसिह धामी, ४५ वर्षीय मानसिँह साउद र ५० वर्षीय जय सिह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले दिनेश खबरलाई बताए। यस्तै दुर्घटनापछि चालक खगेन्द्र सावद र सवारी धनी हरिभान सावद भने फरार रहेको उनले बताए। दुर्घटनामा अन्य १६ जना घाइते भएका छन्। अहिले प्रहरी चौकी ठाँटा र प्रहरी चौकी खोडपेबाट खटिएको प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्दार गरिरहेको छ।दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

पछिल्लो समय झापा पाडाजुगीकी डोनु विश्वकर्माको विषय निकै चर्चामा छ । उनका श्रीमानले आफ्नो सन्तानलाई पनि वेवास्ता गरेको भन्दै श्रीमती मिडियामा आएपछि उनी सम्पर्कमा आएका थिए ।

तर अहिले फेरी उनीहरु कानुनी रुपमै अलग बस्ने निर्णयमा पुगेका छन् । श्रीमतीले आफ्ना तीन सन्तान मध्य एउटा छोरीलाई मात्र काठमाडौमा लगेर राखेको अन्य दुई सन्तानलाई भने वेवास्ता गरेको आरोप लगाएकी थिइन् ।

५ वर्ष देखि वेवास्ता गर्दै आएका श्रीमानका बारेमा उनले सार्वजनिक गरेपछि श्रीमान सम्पर्कमा आएका थिए । बुबाले छोरीलाई लिएर काठमाडौंमा बसेको र अन्य दुईजना छोराछोरीलाई नहेरेको भनेर झापा पडाजुगीकी डोनु विश्वकर्मा सुबेदी रुँदै मिडियामा आएकी थिइन ।

प्रहरी प्रशासन र मिडियाको पहलमा उनका श्रीमान सुरेन्द्र शर्मा सुवेदी र उनकी जेठी छोरीलाई झापासम्म झिकाइएको थियो । लामो समयको विवादपछि डोनु र उनका श्रीमान सँगै बस्न नसक्ने र एकअर्का बाट छुट्ने सहमति गरेर घर फर्किएपछि अचानक श्रीमानले मलाई एक्कासि छोराको माया पलायो अब मिलेर बस्नुपर्छ भनेर भनेपछि उनीहरुको मिलन भएको थियो ।

तर अहिले फेरी त्यो समस्या बल्झिएको छ । श्रीमतीले नै श्रीमानसग मिल्न नसक्ने भन्दै उनले अलग बस्ने निर्णयमा पुगेको बताएकी छन् । अब छोराछोरीका लागि आफु विदेश जान लागेको बताएकी छन् । उनले आफ्नो जेठो छोरीलाई मात्र कुनै आरोप नलगाएको बताएकी छन् । मैले रिस उठेर मात्र अनावश्यक रुपमा बोलेको बताएकी छन् ।

श्रीमानको दिदीका कारण दुई जनाबीच समस्या भएको बताएकी छन् । दिदीले फोन गर्ने वित्तिकै उसको दिमाग विग्रन्छ अहिले पनि त्यही भएको हो, उनले भनिन्, दिदीले तिमीहरु मिल्यौ भन्दै दिनमा १० पटक सोध्ने गरेको बताइन् भिडियो:

 

 


Last Updated on: September 26th, 2021 at 4:44 pm
८० पटक हेरिएको

तपाईको प्रतिक्रिया