बिहिबार ११ कार्तिक २०७८

काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि आइतबार उच्च अदालतको गेटैमा खु,कु,री प्र,हा,र भएको छ।

उनीमाथि विराटनगर–६ रामपुरका २५ वर्षीय बिमल कार्कीले खु,कु,री प्र,हा,र गरेका हुन्। उनले खु,कु,री प्र,हा,र गर्नुको कारण भने खुलेको छैन। कार्कीले आज मध्यान्ह उच्च अदालतको गेटै अगाडि लामालाई खु,कु,री प्र,हा,र गरेर घाइते बनाएका थिए।

घाइते लामा काभ्रेका इँटा व्यापारी भएको प्रहरीले जनाएको छ। घाइते लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ। खु,कु,री प्र,हा,र गर्ने कार्कीलाई प,क्रा,उ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए।

‘अदालत बाहिर खु,कु,री प्र,हा,र भएको रहेको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई हामीले प,क्रा,उ गरिसकेको छौं।’ यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आइतबार बिहान मात्रै विराटनगर आइपुगेको प्रहरीले जनाएको छ। मोरङको कटहरी गाउँपालिका-६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले दुई वर्षअघिदेखि लगानी गरेका थिए।

लामाको पेट, हातलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। लामाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।


Last Updated on: September 26th, 2021 at 5:23 pm
९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया