
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।वैकल्पिक सरकार गठनको समय घर्किँदै गइरहेका प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । स्रोतका अनुसार देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारकोदावी लिएर शीतलनिवास जाने सहमति भएको छ । संविधानको धारा ७६ (२) को सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म समय दिएकी छिन् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला****
मास्क नलगाइकन हिँड्नेलाई मुर्गा बन्ने स’जाय
एजेन्सी/भारतको झारखण्डमा रहेको धनबाद जिल्लामा कोरोना संक्रमणका रोगी दिनदिनै बढिरहेका छन् ।
तैपनि मानिसहरू संक्रमणप्रति गम्भीर देखिएका छैनन् । दिनदिनै सयौं मानिस सडकमा घुमिरहेका छन् ।
तर मास्क नलगाई हिँड्नेलाई प्रहरीले कडा कारवाही गरिरहेका छन् ।
त्यस्तो मानिसलाई प्रहरीले पक्रेर सजायका रूपमा मुर्गा र भ्यागुता बनाएर सडकमा दौडाएको छ ।
अनावश्यक रूपमा सडकमा हल्लिँदै हिँड्नेहरूले सजाय पाएका हुन् । धनबादको सडकमा मास्क र हेल्मेट नलगाई र आवश्यक काम नभई निस्कने मानिसलाई कारवाही गरिएको हो ।
प्रहरी एएसआई सन्तोष रजकले संक्रमण तीव्र गतिमा फैलिरहेको तैपनि मानिसहरू सचेत नभएको बताए ।
मानिसहरूलाई सचेत बनाउन प्रशासनले र्यापिड याक्सन फोर्स बनाएको छ । मास्क नलगाई हिँड्नेलाई सजायका रूपमा मुर्गा र भ्यागुता बनाइएको छ ।