बिहिबार ११ कार्तिक २०७८

मोटरसाइकलको पांग्रामा सारी बेरिँदा दुर्घटना

मोटरसाइकल दुर्घटना हुँदा बैतडीमा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ की ५० वर्षीय लक्ष्मी साउँद रहेकी छन्। पञ्चेश्वर गाउँपालिका–१ का वडा सदस्य परमल सिंह घटालले चलाएको सुपप्र ०१ ००३ प २६६१ मोटरसाइकल पञ्चेश्वर गाउँपालिका–३ गोगनपानीमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

मोटरसाइकल पल्टिँदा सो मोटरसाइकलमा सवार लक्ष्मी गम्भीर घाइते भएकी हुन्”, ओझाले भने, “सामानसहित दुईजना मोटरसाइकलमा सवार रहेका बेला एक्कासि लक्ष्मीको सारी मोटरसाइकलमा बेरिएर लडेको र ढुङ्गामा टाउको ठोक्किएको थियो।”घाइते लक्ष्मीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

मृतक लक्ष्मीको शव केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा राखेर घटनाको अनुसन्धान थालेको छ।

 

बेलायती सेनामा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो ।

सो समारोहमा बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणिकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी, दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायतले सालिक अनावरण गरेका थिए । समारोहमा दिवङ्गत सेनाका सम्झनामा मौनधारण गरिएको थियो ।

ग्रेटर रसमोर नेपलिज कम्युनिटीका नेतृत्वमा नेपाली तथा विदेशीबाट चन्दा सङ्कलन गरी सालिक बनाइएको हो । रसमोर बरो काउन्सिलले इजाजत दिएपछि गत फेब्रुअरी २०१९ मा परियोजना प्रारम्भ भए पनि कोभिड महामारीले केही समय लम्बिएको थियो । सालिक बनाउन एक लाख ७० हजार पाउण्ड बढी खर्च भएको परियोजना अधिकृत ग्यारी घलेकले जानकारी दिए ।

काउन्सिलले वर्षेनी एक पाउण्डमा ९९ वर्षको लागि सालिक बनाउन जग्गा भाडा दिएको थियो भने सालिक मर्मतसम्भार पनि काउन्सिलले नै गर्ने जनाइएको छ । अल्डरसटमा स्थानीय समुदायसँग नेपालीको सुमधुर सम्बन्धको प्रमाणका रूपमा सालिक अनावरण भएको वेलिङटन काउन्सिलर जीव बेल्वासेले बताए ।

 


Last Updated on: September 27th, 2021 at 11:16 am
१५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया