बिहिबार ११ कार्तिक २०७८

अछाममा आठ दिन देखी बे,प,त्ता एमाले नेता रावत मृ,X त भेटिएका छन्। असोज ४ गते देखी बे,प,त्ता रहेका नेकपा एमालेका नेता धन बहादुर रावत मृ,X त भेटिएका हुन्।

नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य समेत रहेका रावत असोज ४ गते रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा अनन्ते मेला हेर्न गएका थिए। बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको रवा लेकमा उनको श,X व भेटिएको हो। सोही दिन देखी बे,प,त्ता रहेका रावतको स,Xब सोमवार बिहान दर्नाको कालारवा लेकको जङ्गलमा भेटिएको हो।

रावतको खोजीका लागी स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । मोबाइल लोकेसनका आधारमा खोजी गर्दै उनको स,X ब भेटिएको बताइएको छ । रावत स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको वडा अध्यक्षको उम्मेद्वार बनेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

चर्चित गायक तथा मोडल दुर्गेश थापाले कलाकारिताबाटै राम्रो प्रगति गरेका छन् । उनले आफ्नो कलाकारितामा आफ्नो मिहिनेतले घर र कार किन्न सफल भएका छन् । हालै उनले काठमाडौंमा महँगो मूल्यमा एक नयाँ घर किनेको छन् ।

आफुले नयाँ घर किनेको बारे मोडल थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले आफ्नो नयाँ घरको तस्बिर शेयर पनि गरेका छन् । तस्बिर हेर्दा उनले शान्त स्थानमा घर किनेको देखिन्छ । उनले आफ्नो छोरा ८ महिना पुगेको अवसरमा घर किनेको बताएका छन् ।

उनले लेखेका छन् – ‘मेरो छोरा ठिक ८ महिना पुगेसङ्गै जिवनलाई अझ व्यवस्थित बनाउने क्रममा आफ्नै निवास लिएको छु । यहाँसम्म आईपुग्न मलाई सधै साथ सहयोग दिने मेरो परिवार,दर्शक भगवानप्रती आभारी छु।’

आफ्नो गीतका कारण चर्चासँगै विवादमा पनि आइरहने दुर्गेशले हालै बहिष्कार बोलको गीतको भिडियो बजारमा ल्याएका छन् । भिडियो उनी नयाँ अवतारमा देखिएका छन् । गएको तिजमा बीच्च–बीच्चमा ४ ख्यास्स पुतली ल्गाएपछि राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले यस गीतलाई लिएर ध्यानाकर्षण गराएको थियो ।

गीतमा भएका आपत्तिजनक शब्दहरू फेरबदल गर्न पनि प्रतिष्ठानले भनेको थियो । त्यस समय उनले बहिष्कार गर्नुहुन्छ भने गर्दिनुस् भनेका थिए । यसै बिषयलाई लिएर हालै दुर्गेशले नयाँ गीत बहिष्कार बजारमा ल्याएका छन् ।

 

 


Last Updated on: September 27th, 2021 at 1:09 pm
८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया