बिहिबार ११ कार्तिक २०७८

मोटरसाइकल दुर्घटना हुँदा बैतडीमा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका १ की ५० वर्षीय लक्ष्मी साउँद रहेकी छन् ।

पञ्चेश्वर गाउँपालिका १ का वडा सदस्य परमल सिंह घटालले चलाएको सु प प्र ०१ ००३ प २६६१ मोटरसाइकल पञ्चेश्वर गाउँपालिका ३ गोगनपानीमा दुर्घटनामा परेको हो । कुलाँउबाट आमचौरातर्फ गइरहेको मोटरसाइकल कच्ची भित्रीसडकको पञ्चेश्वर गाउँपालिका ३ गोगनपानीमा आज दिउँसो साढे २ बजे सडकमै पल्टिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । मोटरसाइकल सडकमै पल्टिदा सो मोटरसाइकलमा सवार लक्ष्मी गम्भीर घाइते भएकी हुन्। ओझाले भने,‘सामानसहित दुईजना मोटरसाइकलमा सवार रहेका बेला एक्कासी लक्ष्मीको सारी मोटरसाइकलमा बेरिएर लडेको र ढुंगामा टाउको ठोक्किएको भन्नेछ, प्रहरी टोली घटनास्थल खटाएका छौ,विस्तृत बुझ्दै छौं ।’

घाइते लक्ष्मीलाई उपचारको लागि लैजादैं गर्दा साढे ४ बजे बाटोमै मृत्यु भएको हो । मृतक लक्ष्मीको शव केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ ।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा राखेर घटनाको अनुसन्धान थालेको छ ।

 

सत्तारुढ दल नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा उदाहरणीय परिणाम सार्वजनिक भइरहेका छन् ।
सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकामा सभापति पदका लागि भएको निर्वाचनमा पुरुषलाई पराजित गर्दै महिला गाउँपालिका सभापति बनेकी छन् ।गाउँपालिकामा जननिर्वाचित उपाध्यक्ष समेत रहेकी सिता केसीले पार्टीको चुनावमा प्रतिद्वन्द्वी टेकबहादुर बिष्टलाई पराजित गरेकी हुन् । केसी सभापति शेरबहादुर देउवा पक्षबाट र बिष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मैदानमा उत्रिएका थिए ।चुनावअघि केसीले बिष्टलाई फोन गरेर आफू महिला भएकाले सर्वसम्मत गरिदिन आग्रह गरेकी थिइन् तर बिष्टले नमानेपछि चुनाव भएको थियो ।चुनावमा केसीले ६१ मत ल्याउँदा बिष्ट ४२ मतमै सीमित भएका जनाइएको छ । आफू पार्टीको पालिकास्तरीय नेतृत्वमा आउँदासम्म परिवारबाट सहयोग पाइरहेको बताएकी छन् ।

 


Last Updated on: September 27th, 2021 at 4:04 pm
३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया