बिहिबार ११ कार्तिक २०७८

एनआरएनए पोर्चुगलका दुई समूहबीच शनिबार कु,टा,कु,ट भएको छ। शनिबार लिस्वनको अलमेदा पार्कमा भेला भएका युवाहरूबीच कु,टा,कु,ट भएको थियो। यो घटनापछि यी दुवै समूहले एकअर्कामाथि गु,ण्डा,ग,र्दी गरेको आ,रो,प लगाएका छन्।

प्रत्यक्षदर्शीका अनुसार कु,ट,पि,ट,का क्रममा दुई नेपाली घाइते भएका छन्। सामाजिक संजालमा लिस्वनको पार्कमा नेपालीहरूबीच मु,क्का हा,ना,हा,न गरेको भिडियो समेत बाहिरिएको छ। यतिबेला नेपालका सामाजिक संजाल प्रयोगकर्ताले विदेशमा पनि नेपालीले नेपालको बेइज्जत गरेको भन्दै यो घटनाको निन्दा गरिरहेका छन्।

एनआरएनए पोर्चुगलका एक समूहले चुनाव जितेर आएको भन्दै आफू आधिकारिक भएको दाबी गर्दछ। अर्को समूहले भने चुनावमा धाँधली भएकाले आफूहरूले समानान्तर समिति खडा गरेको बताएका छन्।

एनआरएनए पोर्चुगलका दुई समानान्तर समितिले झ,ड,प,पछि पनि एकअर्कालाई आ,रो,प, प्र,त्या,रो,प गर्दै विज्ञप्ति जारी गर्दै कु,ट,पि,ट घटनाको पुष्टिसमेत गरेका छन्।

नेपाल पत्रकार महासंघ पोर्चुगल शाखाका अध्यक्ष योगेन्द्र मिलन छन्त्यालले स्थानीय प्रहरी समयमा नै पुगेकाले थप अप्रिय घटना हुनबाट जोगिएको बताए। उनले भने, ‘घटनास्थलमा दुई भ्यान प्रहरी आएपछि हा,त,पा,त,मा संलग्न युवाहरू तितरवितर भएको पाइन्छ । एनआरएनका दुई पक्षका साथीहरूले नै प्रष्ट भन्नुहुन्छ प्रहरी नआएको भए त्यहाँ ठूलो दुर्घटना हुनसक्थ्यो।’

पोर्चुगलमा एनआरएन वि,वा,द सल्टाउनुको सट्टा झन्झन् उग्र र जटिल बन्दै गएको पत्रकार छन्त्यालले बताए। ‘सुरुमा सकारात्मक पहल नै हुन खोजेको थियो। रवीन्द्र अधिकारी र सोम शेर्पा दुवैजना छलफलका लागि त्यहाँ पुगेको बुझिन्छ तर दुवै पक्षका युवाहरू संयमित हुन नसक्दा मुखले चुनौती दिदादिदै हा,त,पा,त भएको देखिन्छ,’ छन्त्यालले भने।

घटनापछि दुवै पक्षले एक–अर्कालाई गुण्डागर्दीको आ,रो,प लगाएका छन्। दुवै पक्षले एनआरएनए पोर्चुगलको लोगो प्रयोग भएको लेटरप्याडमा नै विज्ञप्ति लेखेका छन्।

रवीन्द्र अधिकारी अध्यक्ष रहेको समूहले विज्ञप्ति जारी गर्दै सोम शेर्पा र उनका साथमा आएका मानिसहरूले योजनावद्व रुपमा गु,ण्डा,ग,र्दी नियतले आ,क्र,म,ण गरेको आ,रो,प लगाएको छ।

 


Last Updated on: September 27th, 2021 at 4:12 pm
१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया