बिहिबार २३ मंसिर २०७८

मुस्ताङ जिल्लाको लागि स्याउको जन्मदाताको रूपमा परीचित बुद्धिरत्न शेरचनको निधन भएको छ । हिजो साँझ ८ बजेर ४५ बजे शेरचनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । लामो समयदेखि शारीरिक रुपमा अस्वस्थ्य रहनु भएको उहाँको उपचारको क्रममा निधन भएको हो ।

बिक्रम संवत् १९९६ साल चैत्र १८ गते शनिवारको दिन म्याग्दीको सिंगामा जन्मिनु भएका शेरचन मुस्ताङमा स्याउ खेती गर्नुपर्छ भनेर दीर्घकालीन सोच बनाएर अघि बढ्ने एक मात्र व्यक्ती हुनुहुन्थ्यो । उहाँ पीता पुर्ण बहादुर शेरचन र माता लालकुमारी शेरचनको जेठो सुपुत्र हुनुहुन्छ ।

सुरुवाती चरणहरुमा प्रशस्त खेतीयोग्य जमिनमा स्याउका बिरुवा लगाएको देखेर उहाँकि हजुरमुमाले धेरै मात्रामा लगानी गर्नु भएको भन्ने भनाइ छ । उहाँले नै गर्नु भएको परिकल्पना आज साकार भएको शेरचन परिवारको दावी छ ।

अहिले हजारौं स्याउ खेतीबाट आम मुस्ताङ बासिले मनग्ये आम्दानी गर्छन् । र, मुस्ताङको स्याउ खेती आम मुस्ताङबासिको लागि दैनिक रोजिरोटिको गतिलो श्रोत बनेको छ ।

 


Last Updated on: September 27th, 2021 at 5:36 pm
९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया