शुक्रबार १७ मंसिर २०७८

रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । “घटनाको विस्तृत अनुसन्धान हुँदैछ”, प्रहरी निरीक्षक रिजालले भन्नुभयो ।

यो पनि – चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैँडा मृत फेला परेको बताउनुभयो । “धानबाली खानेक्रममा स्थानीयवासीले रड घोपेर मरेको अनुमान गरेका छौँ”, बराललले भन्नुभयो, “यस विषयमा थप अनुसन्धान अगाडि बढाएका छौँ ।” गैँडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागी आइतबार राति सो गैँडा मरेको भए पनि सोमबार मृत भेटिएको बरालले बताउनुभयो ।

“हामीले ट्रयापिङ गर्दा जिउंँदै थियो, मध्याह्नतिर झाडीमा मृत फेला प¥यो”, उहांँले भन्नुभयो । गैँडा मृत फेला परे पनि गैँडाको खाग र खुर भने सुरक्षित रहेको बरालको भनाइ छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा मात्रै विभिन्न कारणले आठवटा गैँडा मरिसकेका छन् । राष्ट्रिय गैँडा गणना विसं २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।

यो पनि – पोखरा र बागलुङ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा

आउँदै गरेको विजयादशमी, दीपावलीलगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि पोखराका दुई स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पोखरा–९ पृथ्वीचोकस्थित बसपार्क र पोखरा–२ स्थित बाग्लुङ बसपार्कमा सहायता कक्ष सोमबारदेखि सञ्चालनमा ल्याइएको हो । सहायता कक्षमा एक ट्राफिक र एक जनपथ गरी दुई जना प्रहरी छन् । कक्षबाट यात्रु तथा सर्वसाधारणका गुनासालाई सम्बोधन गर्ने, सूचना सङ्कलन गर्ने र कोभिड–१९ का बारेमा सचेतना जगाउँदै मास्कलगायत स्वास्थ्य सामग्री वितरण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अमृत बस्नेतले बताउनुभयो ।

चाडपर्वका बेला अन्य समयको तुलनामा यात्रुको चाप बढी हुने, सुरक्षा चुनौती रहने र यातायात मजदुरलगायतबाट यात्रु ठगिने सम्भावना भएकाले सोको न्यूनीकरणका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी यात्रुलाई चाडपर्वका बेला आफ्नो गन्तव्यसम्म पुग्न कुनै पनि किसिमको कठिनाइ नहोस् र सुरक्षासम्बन्धी चुनौती नआओस् भनेर सहायता कक्ष सञ्चालन गरेका हौँ ।”

चाडपर्वका बेला यातायात मजदुर तथा व्यवसायीले तोकिएभन्दा बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने तथा निर्धारित गन्तव्यमा नपु¥याई बीचबाटामै छाडिदिने, यात्रुका सामान हराउनेलगायत गुनासा यात्रुबाट आउने गरेकाले सहायता कक्षबाट समाधान गरिने प्रहरीको भनाइ छ । कक्षमा ९८५६०१८३३० नम्बरको मोबाइल फोनको व्यवस्था गरिएको छ ।

प्रहरीले विगत वर्षमा समेत दशैँदेखि छठ पर्वसम्म सहरका विभिन्न स्थानमा सहायता कक्षबाट सेवा दिने गरेको थियो । चाडपर्वलाई लक्षित गरेर जिल्लाभित्र विभिन्न १५ स्थानमा चेक प्वाइन्ट स्थापना गरिएको बस्नेतले जानकारी दिनुभयो । पोखरा बसपार्कबाट पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म दिवा तथा रात्रि सेवाका बस सञ्चालन हुने गरेको छ । बाग्लुङ बसपार्कबाट साविकको धवलागिरि अञ्चलका पर्वत, म्याग्दी, बाग्लुङलगायतका जिल्लासहित ग्रामीण र छोटो दूरीमा बस सञ्चालन हुने गरेको छ ।

यसैगरी पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक सङ्केत ज्याकेट, ट्राफिक सचेतना स्टिकर र मास्क हस्तान्तरण गरेको छ । एशोसिएशनका अध्यक्ष मोहनबाबु खड्काले सो सामग्री ट्राफिक प्रमुख बस्नेतलाई प्रदान गर्नुभएको हो । एशोसिएशनले विगतदेखि नै ट्राफिक प्रहरीसँगको समन्वयमा पोखरामा ट्राफिक सचेतना कार्यक्रम गर्दै आएको छ ।

 


Last Updated on: September 28th, 2021 at 9:55 am
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया