बिहिबार ११ कार्तिक २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लमजुङको राइनास नगरपालिकामा दुई पक्षबीचको वि,वा,दले उग्र रुप लिँदा मतपत्र नै ज’ला’इ,एको छ। नेपाली काँग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित गरिएको हो । ​

नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो । उक्त मतपत्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्र समेत ज,ला,इ,दि,ए,का छन् । अध्यक्षका उमेदवार श्रीकृष्ण पौडेलले भने – योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा ग’ड’बड गरेपछि निर्वाचन स्थगित गरिएको हो ।

‘कानूनी रुपमा वैधानिक नहुने गरी मतपत्रमा मतदान गर्ने कोलम नै नराखि मलाई हराउने योजनाबद्ध ष’ड्य’न्त्र रचियो,’उनले भने, ‘मतपत्रमा काेलम मात्र हटाएर सिरियल नम्बर समेत एउटै राखेर हराउने योजना बनाएको बुझेपछि हामीले मतदान रोक्न लगायौँ ।’

पौडेलले प्रजातन्त्र र लोकतन्त्रको वकालत गर्ने काँग्रेस जस्तो पार्टीमा केही स्वार्थी र बदनाम नेताहरुका कारण पार्टी नै बदनाम भएको बताए । आफू जित सुनिश्चित भएका कारण पार्टीका केही स्वार्थीले यस्तो षड्यन्त्र रहेको आरोप पौडेलको छ ।

‘मैले विद्यार्थी राजनीति हुँदै स्थानीय स्तरमा राजनीति गर्दै आएकाले मेरो लोकप्रियतासँग अत्तालिएर केही ष’ड्य’न्त्रकारीले योजनाबद्धरुपमा हराउने योजना बनाए,’ उनले भने, ‘मेरो जित सुनिश्चित थियो । त्यसैले कसरी हराउने भनेर योजनाबद्ध ष’ड्य’न्त्र रचियो।’

उमेदवार पौडेलले योजनाबद्ध ष’ड्य’न्त्र गरिएको भन्दै नेता कार्यकर्ताले विरोधमा उत्रिएर मतपत्र ज’लाइ’दिएको पौडेलले बताए । निर्वाचन अधिकृत दिनेश चिलुवालले निर्वाचन सुरु भएको दश मिनेटमा मतपत्रमा त्रुटि भेटेपछि दुवै पक्षका प्रतिनिधिसँग छलफल गरेर सहमतिमा निर्वाचन प्रक्रिया अगाडि बढाएको बताए ।

निर्वाचन अधिकृत दिनेश चिलुवालले मतपत्र छापिँदा एउटामा कोठा भएको र अर्कोमा नभएकाले निर्वाचनको क्रममा वि,वा,द भएको स्वीकारे। उनले चुनाव रद्ध भएकाले अर्को सूचना नआएसम्म आफूले केही गर्न नसक्ने पनि जानकारी दिएका छन्।

 

 


Last Updated on: September 28th, 2021 at 12:53 pm
६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया