बिहिबार ११ कार्तिक २०७८

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृ,x त्यु भएको छ । थप दुई जनाको उपचारकै क्रममा मृ,x त्यु भएको हो मृ,x त्यु हुनेमा एक २२ वर्षका युवक सागर कार्की र ७२ वर्षीय बृद्ध रहेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

बाँके कोहलपुर नगरपालिका वडा नम्बर– ५ का २२ वर्षीय सागरको संक्रमणबाट ज्यान गएको थियो ।यही असोज ४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पीसीआर परीक्षण गराउँदा उनलाई संक्रमण पुष्टी भएको फोकल पर्सन तेज ओलीले जानकारी दिए । त्यसपछि उनी भोलीपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए ।

 

रोल्पा थवाङ्की १९ वर्षीया इस्मीता थापामगर (थर उही नाम परिवर्तित)ले पाँच वर्षदेखि लगातार तीन महिने संगीनी सुई लगाउदै आएकी छन् । नियत ठीक नभएका पुरुषहरुबाट जोगाउन ती युवतीलाई उनकै परिवारले गर्भ नि रोधक सुई लगाउने गरेको हो ।

मानसिक रुपमा अ पा ङ्ग ता भएकी इस्मीता अबिवाहित युवती हुन् । मनस्थिती स्थीर नभएका कारण ती युवती आफूखुसी बाहीर हिड्न थालेपछि बा ध्य ताले अबिवाहित छोरीको शरिरमा ग र्भ नि रो ध क सुई प्रयोग गर्नुपरेको आमा बताउछिन् । इस्मीताको परिवारले अरुकै घरमा मजदुरी गरेर रोजीरोटी गर्दै आएको छ ।

‘म बिहानैदेखि दिनभरी काममा जान्छु’ इस्मीताकी आमाले भनिन्, ‘बेलुका घरमा आउदा छोरी हुदीनन् ।’ छोरी खोज्दै गाउँभरी चहार्नुपर्ने र यस्तो समय ‘ग ल त नियतका पुरुषबाट हुनसक्ने ख त रा टार्न सुईको साहरा लिनुपरेको आमा बताउछिन् ।

आफ्नो दिसा, पिसाप र महिनावारीसमेत सम्हाल्न नसक्ने छोरीको मन दु खा ए रै भएपनि अबिवाहित अवस्थामै तीन महिने सुई प्रयोग गराएको आमाको भनाई छ । उनको परिवारमा आमासँगै तीन सन्तान (छोरी) मात्र रहदै आएका छन् ।

अघिल्लो वर्ष एक पटक सुई लगाउन छुटेको बेला इस्मीताको पेटमा गर्भ बसेको थियो । समयमै थाहा भएकाले नजिकैको स्वास्थ्यसंस्थामा गएर गर्भ प त न गराउनुपर्ने अवस्था आएदेखि लगातार अहिलेसम्म पनि बच्चा रहन नदिने सुई लगाउदै आएको आमाले सुनाइन् ।

 


Last Updated on: September 28th, 2021 at 1:03 pm
१४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया