बिहिबार ११ कार्तिक २०७८

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाने भएका छन्। जण्डिसको वंशानुगत समस्या भएका पुन केहीदिनदेखि बिरामी छन्। काठमाडौमा उपचार गराइरहेका उनका परिवारले उपचारका लागि बाहिर लैजाने निर्णय गरेका हुन् ।

सुमेरु अस्पतालमा उपचार गराइरहेका पुनलाई बुधबार विदेश उपचारका लागि लैजान लागिएको हो । उनलाई बुधवार बिहान बैंककस्थित समितिभेज अस्पतालमा लैजाने तयारी गरिएको छ ।

उनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको बताइएको छ।
४ वर्षअघि पनि पुनलाई यस्तै समस्या देखिएको हो। त्यो बेलामा समेत पुनले बैंककमा उपचार गराएका थिए। यस अघि बैंककमै उपचार गरेका पुनलाई फेरी उतै लगिन लागेको हो

 

ज्योतिष शास्त्रका अनुसार सोमबारको कारक ग्रह चन्द्र हो र यसको स्वामी शिव हो। त्यसैले यो दिन चन्द्र र शिवसँग जोडिने उपाय अप्नाउनु पर्दछ । शिव पुराणका अनुसार यो दिन ब्रत बस्दा र भगवान शिवको पुजा गर्दा विभिन्न किसिमका सम’स्या हट्ने गर्दछन् । साथै परिवारमा सुख सान्ति भइरहन्छ । ज्योतिषाचार्यका अनुसार सोमबार कुन कुन उपाय अप्नाउदा शुभ फल प्राप्त हुने गर्दछ।

सोमबार साँझ सूर्यास्तपछि शिवको पुजा गर्नु विशेष महत्व मानिन्छ । किनकी सूर्यास्त हुनेवित्तिकै प्र’दोष का’ल सुरु हुने गर्दछ । दिन र रातको बीचको समयलाई सन्धि काल भन्ने गरिन्छ । शिव पुराणका अनुसार अनुसार यो समय शिवजी प्रसन्न मुद्रामा रहने गर्दछन् । त्यसैले यो समयमा शिवको पुजा गर्दा भगवान चाडै प्रसन्न हुने गर्दछन्।

यस्तो छ पुजा बिधि,
शिव मन्दिरमा गएर शिवलिंगमा दिप बाल्नुहोस् र शिवाय मन्त्रको जप १०८ पटक गर्नुहोस् । शुद्ध जलमा गंगाजल र दूध मिलाएर शिव लिंगमा चढाउनुहोस् । जल चढाउने समय ओम नमः शिवाय मन्त्रको जप गर्नुहोस् । त्यसपछि भगवानलाई चन्दन चढाउनुहोस्। बेलपत्र, धतुरो पनि शिव लिंगमा चढाउनुहोस्।यसरी भगवानलाई पुजा सामाग्री चढाएपछि ओम नमः शिवाय मन्त्रको १०८ पटक जप गर्नुहोस्। त्यसपछि भगवानलाई मिठाइ चढाएर भक्तजनलाई बाढ्नुहोस्।

 


Last Updated on: September 28th, 2021 at 1:43 pm
१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया