बिहिबार ११ कार्तिक २०७८

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुममा २०७७ मंसिर ११ को राति १२ः१५ बजे एक पुरुषले फेसबुक लाइभमा आ’x त्म,x ह’x त्या गर्दै छ भन्ने सूचना प्राप्त भयो । कन्ट्रोल रुमले तत्काल साइबर ब्युरोलाई जानकारी गरायो ।

ब्युरोबाट खटिएका प्रहरी अधिकृतले ‘आ,x त्मx ह’x त्या गर्दै छु’ भन्ने व्यक्तिको ‘युजर डिटेल’ पत्ता लगाइदिन फेसबुकको कार्यालयमा अनुरोध गरे । फेसबुकले तत्कालै ती पुरुषको ‘युजर डिटेल’ पठाइदियो । फेसबुकमार्फत परिवारका सदस्यहरूको पत्ता लाग्यो । त्यसपछि प्रहरीले ती पुरुषकी पत्नीको सम्पर्क नम्बरसमेत पत्ता लगायो । फोन नम्बरको लोकेसन ट्र्याक गर्दा ती पुरुष पशुपतिनाथको जंगलमा गएको खुल्यो ।

ब्युरोले तत्काल महानगरीय प्रहरी वृत्त गौशालाको समन्वयमा उनलाई बचाउन दौडधुप बढायो । आ,x त्मx ह’x त्या गर्न मोटरसाइकलमा जंगल पुगेका पुरुष भेटिए । र, उनको ज्यान जोगियो । ‘जंगलमै परामर्श दियौं । लकडाउनपछि उब्जिएको निराशाले आ’x त्म,x ह’x त्या को प्रयासमा पुगेका रहेछन्,’ प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले भने, ‘रातको सवा २ बजे हामीले उनलाई घट्टेकुलोस्थित डेरामा पुर्‍यायौं । आ’x त्म,x ह’x त्या गर्न गएकालाई सकुशल परिवारमा फर्काउन सफल भइयो ।’

न्युरोडको एक मोबाइल पसलमा काम गरेर परिवार धान्दै आएका ती पुरुषको लकडाउनका कारण बेरोजगार भएका थिए । निराश भएर उनले त्यस्तो कदम उठाउन लागेका थिए । हाल उनी पुनः काममा फर्किएको प्रहरीले जनाएको छ ।

रामेछाप घर भई सतुंगल बस्दै आएका एक युवक अर्काको ट्याक्सी चलाउँथे । झन्डै एक दशक साहुको ट्याक्सी चलाएर दुई सन्तानसहित चार जनाको परिवार धान्दै आएका उनले सोचे– आफ्नै काम गरेर स्वाबलम्बी किन नबन्ने ? ऋण गरेर

ट्याक्सी किने । लगत्तै लकडाउन भयो । ट्याक्सी चलाउन पाइएन । परिवारसँगै डेरामै थुनिए । ऋण तिर्न नसक्ने पिरलोमा उनले आफैंलाई सिध्याउने (आ,x त्म,x ह,x त्या) गर्ने सोच बनाए । ‘युट्युब च्यानल’ मा आ,x त्म,x ह’,x त्या गर्दै छु भन्दै अन्तर्वार्ता नै दिए । सोही अन्तर्वार्ताका आधारमा साइबर ब्युरोले उनलाई बोलायो । मनोपरामर्श दिएर प्रहरीले आ,x त्म,x ह,x त्या नगर्ने प्रतिबद्धतासहित काममा फर्किने वातावरणसम्म पुर्‍यायो । उनी पुनः काममा फर्किएका छन् ।

महामारीका कारण पटक–पटकको लकडाउन हुँदा धेरैको सपना चकनाचुर भएको छ । कतिले जागिर गुमाएका छन् भने कतिको व्यवसाय डुबेको छ । बेरोजगारीकै कारण जीवनदेखि नै विरक्तिएका कतिपयले आ,x त्म,x ह,x त्या गरे भने कति जना डिप्रेसनको सिकार छन् । चरम निराशाका बीच आ,x त्म,x ह,x त्या को नजिक पुगेका केहीलाई भने प्रहरीले उद्धार गरेको छ ।

साइबर ब्युरोले स्वदेशमा मात्र नभई विदेशमा कार्यरत नेपालीहरूलाई समेत आ,x त्म,x ह,x त्या गर्नबाट बचाएको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजकुमार खड्गीले बताए । उनका अनुसार विदेशका सम्बन्धित प्रहरीसँग समन्वय गरेर ‘आ,x त्म,x ह,x त्या को प्रयास गर्दै छु’ भन्नेहरूको खोजी गरी तत्काल उद्धार हुँदै आएको छ ।

 


Last Updated on: September 28th, 2021 at 3:27 pm
९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया