बिहिबार ११ कार्तिक २०७८

जहाजभित्र त्रास फैलिसकेको थियो। सबैजना रुन थालिसकेका थिए। कतिले भगवान पुकारी रहेका थिए। काठमाडौं फर्किएपछि पनि ८/१० पटक प्रयास गर्नुभयो। जब मैले प्लेनबाट विमानस्थलभित्र नेपाली सेना, सुरक्षाकर्मी, एम्बुलेन्स देखेँ यसपछि अब बाँच्दिन भन्ने लाग्यो।

यसपछि जीन्दगी यति नै रहेछ भन्ने लाग्यो। कतिले ढोका खोल्नुस हामी हाम फाल्छौं समेत भने तर एयरहोस्टेजले नआँतिनुस्, सम्हालिनुस् सुरक्षित अवतरण हुन्छ, भनिरहेका थिए, एयरहोस्टेसको आँखामा आँसु थियो, तर हामीलाई सम्झाउँदै हुनुहुन्थ्यो। यसपछि झन मनमा चिसो पस्यो। बाँचियो भने फेरी भेटौला भनेर घरमा म्यासेज टाइप गरेको थिए। धन्न सुरक्षित अवतरण भयो र बाँचियो।”

जब पायलटले अवतरण गर्नअुघि ल्याण्डिङ गेयर झार्न खोजे, ल्याण्डिङ गेयर झरेन । समस्या देखियो । विमानले ७–८ पटक विराटनगरको आकाशमाथि फन्को मारिरह्यो । क्याप्टेन एजी शेर्पाले ल्याण्डिङ गेयर झार्ने प्रयास गरिरहे । तर, कुनै सिप चलेन ।

यो सबै हुँदा विमानमा रहेका यात्रुहरुलाई कुनै सूचना दिइएको थिएन । तर विमान ल्याण्ड नगरेपछि यात्रुले प्रश्न सोधेको सोही विमानमा रहेका एक यात्रु प्रताव लिम्बुले बताएका छन् । उनका अनुसार विराटनगरमा अवतरण गर्न नसकेपछि विमान काठमाडौँ डाइभर्ट गर्न लागेको सूचना भने यात्रुहरुलाई दिइयो ।

विमान डाइभर्टको सूचना सुनाइएपछि यात्रुहरुमा रुवाबासी चलेको लिम्बुले बताए । उनले आफ्नो मनमा उब्जिएको त्रासदीपूर्ण भावना व्यक्त गर्दै भने, ‘विराटनगरमा त्यति डर लागेको थिएन ।

क्याप्टेनले ६–७ पटक प्रयास गर्नु भयो । नसकेपछि काठमाडौँ डाइभर्ट गर्नुभयो । तर, जब काठमाडौँको आकाशमा पनि ८–९ पटक फन्को मार्‍यो अनि मन चिसो भयो ।’ उनका अनुसार काठमाडौँको आकाशमा आइसकेपछि यात्रुहरु रुन थालिसकेका थिए ।

त्यसपछि भने निकै डर लागेको र जीवन नै सकिएको जस्तो लागेको उनले बताए । यसपछि भने आफूले घरमा ‘बाँचे भेटौँला’ भन्दै मोबाइलबाट एसएमएस पठाएको बताए ।विमान भित्रको यो त्रासदीपूर्ण वातावरणका बीच काठमाडौँको आकाशमा १० फन्को मारिसकेपछि विमानको ल्याण्डिङ गेयर झर्‍यो ।

विमान सहजरुपमा अवतरण भयो ।बुद्ध एयरले सार्वजनिक गरेको भिडियोमा विमान अवतरण गर्दा विमानस्थलमा उद्धारका लागि तयारी अवस्थामा रहेका सुरक्षाकर्मीले ताली बजाएर खुशी साटेको देखिन्छ । यात्रुहरुले भने पुनर्जीवन पाएको प्रतिक्रिया दिएका छन् ।भिडियो

 


Last Updated on: September 28th, 2021 at 3:53 pm
१५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया