शुक्रबार ०५ आश्विन २०८०

रबि लामिछाने लोकप्रीय हुन, दाम र नाम कमाउने हर्कत गरे कारबाही हुनुपर्छः दिपेश खड्का
May 13, 2021 8
11
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं, ३० बैशाख । नेकपा एमाले को संगठन राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य दिपेस खड्काले रबि लामिछानेलाई कडा कारबाही हुनुपर्ने बताएका छन । उनी पूर्व मन्त्री महेश बस्नेत निकट हुन ।

उनि भन्छन रबि लामिछानेले मौका छोपेर नाम र दाम कमाउन बेलाबेलामा अनेक नौटंकी गर्ने गरेकाले कारबाही गर्नुपर्ने बताएका छन । उनको भनाई जस्ताको जस्तै;

१। एउटा घरमा दिनको २ किलो चामल चाहिन्छ भने त्यो घरले बर्ष भरिको ७ सय ३० किलो चामल जोहो गर्छ । चाडवाड पाउनापासा हिसाव गर्दा हजार किलो बटुल्छ ।

२। राज्यले पनि अस्पताल र अक्सिजन प्लान्ट र सिलिण्डर त्यही अननुसार ब्यवस्थापन गर्ने हो । याद होस बिगतमा हाम्रा अक्सिजन प्लान्ट ५० प्रतिशत मात्र खपत भएका थिए ।

३। जब कोभिड महामारी सुरुभयो सरकारले हजारौं पीसीआर जाँच गर्ने ल्याब ३ सयभन्दा बढी अस्पताल र आइ सि यु, एच डि यु र आसुलेसन वार्ड तिब्र बनायो ।

४। अक्सिजन प्लान्ट वीर अस्पताल, आर्मी अस्पताल, सैनिक अस्पताल लगाएत अस्पतालमा सुरु गर्‍यो ।

५। भारत, चाइना, अरबियन कन्ट्री, अमेरिका लगाएतको देशबाट अक्सिजन सिलिण्डर स्वास्थ सामाग्री मगायो ।

६। सेना र प्रहरीको सुरक्षामा अक्सिजन उद्योग २४ सै घण्टा विद्धुत ब्यवस्थापन गरि संचालन गरेको छ ।

७। सीसीएमसिको मिटिङ्गबाट संक्रमित जिल्ला बिरामीको चाप भएको अस्पताल र कम्पनिको कनेक्ट गरेर अक्सिजन ब्यवस्थापन गरेको छ ।

८। स्थानीय तह नेताहरु र सर्वसाधारणले समेत अक्सिजन सिलिन्डर कलेक्सन गरेर गाडीलाई एम्बुलेन्स बनाएर सहयोग गरिरहेका छन् ।

९। नीजि अस्पतालहरुले अस्पताललाई कोभिड अस्पताल बनाएर उपचार गरि रहेका छन् ।

१०। डक्टर, नर्स र स्वास्थ्यकर्मी रात दिन नभनी खटीरहेका छन् ।

११। भारतले दिएको २० हजार चाइनाले दिएको १८ हजार र नेपाल सरकारले खरिद गरेको कोरोना खोप दिने नेपाल दक्षिण एसियामा भारत पछि दोस्रो देश बनेको छ ।

१२। प्रत्यक बिरामीलाइ नर्मल बेडमा भर्ना भएकालाइ १५ सय, आइ सी युमा रहेकालाई ३५ सय र भेण्टीलेटरमा हुनेलाई ७ हजार दिने निर्णय गरेको छ ।

१३। अहिले पनि परिस्थिति नियन्त्रणमा नै छ हाम्रो सर्दर मृत्यु दर ०।०६ हो जो भारत भन्दा कम र युरोप अमेरिका भन्दा त धेरै कम हो ।

१४। यसलाई मौका ठानेर भ्रष्टाचार गर्ने, कालो बजारी गर्ने तत्वलाइ सरकारले कारवाही गर्दैछ ।

१५। यो मौकामा नाम र दाम कमाउन पल्केका रबि लामिछनेहरुको अनेक नौटंकी बेलाबेलामा गर्ने गर्छन् ।

१६। उसको त्यही हर्कत हो हिजो राज्य मन्त्री रामबीर मानन्धरको बेइजती गरेको घटना ।

१७। मन्त्री भएर उद्योग चलाउने होइन व्यापार गर्ने होइन । उसले अक्सिजन सिलिण्डर बाटो बाटो बाँडदै हिडने होइन ।

१८। नगरिकसंग पैसा कलेक्सन गर्ने एप्स बनाएर रकम उठाउने अधिकार रबीले कहाँबाट पायो रु तेस्को आर्थिक कारोबारको पारदर्शीता के हो रु अरुको जीवनशैलीको प्रश्न उठाउने उस्को जीवन शैली के हो ?

१९। बालाजुको औद्योगिक क्षेत्रको ६ रोपनी जग्गा कब्जा गरेर माओवादीहरुले चलाएको जनमैत्री अस्पताल मिडिया कर्मीको नाँउमा फ्री शेयर लिएका नैतिक हिन रबी लाछानेको त्यो अस्पताल चलाउने नाटक सबैले बुज्न जरुरी छ ।

२०। यस्ता हर्कत गर्ने जो सुकै होस राज्यले कारवाही गर्नु पर्दछ ।

राष्ट्रिय युवा संघ नेपाल

एभरेष्टमिसनबाट

उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मेवारी अब हाम्रो हुनेछः रबि लामिछाने

चर्चित पत्रकार रबि लामिछानेले कोभिड बिरामीहरुलाई निशुल्क उपचारको गर्ने घोषणा गरेका छन् । भोलि बाट सेवा शुरु हुने गरि काठमाडौको बालाजुमा अवस्थित जनमैत्री अस्पतालसँग सहकार्य गरेको फेसबुक स्टाटस मार्फत जानकारी दिएका छन ।

यसबाट कसैले पारिश्रमिक नलिने बरु ३ महिनाको लागि आफ्नो ब्यक्तीगत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहने बताएका छन् ।

उनि लेख्छन्

उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मेवारी अब हाम्रो हुनेछ र जनमैत्री अस्पतालले सरकारले तोके भन्दापनि सस्तोमा उपचार गर्दैछ। सक्नेले तिर्नु होला नसक्नेले पर्दैन, हामी छौ। “कामका कुरा”कार्यक्रम मार्फत प्रति ब्यक्ती १९ रुपैयाँबाट हामी खर्चको जोहो गर्दैछौ। चन्दा होइन, म सँग ४५ मिनेट जति मोबाइलमा Quiz खेले पुग्छ (को बन्छ करोडपति जस्तै)।अस्पतालले भोलिबाट सेवा शुरु गर्दैछ। भोलि राति ८ बजे बाट म “कामका कुरा” कार्यक्रम मार्फत Quiz को परिक्षण शुरु गर्दैछु। यसकालागि DOKO App डाउन्लोड गरि रजिस्ट्रेशन गर्नु पर्नेछ। म लगायत कसैले पनि यसबाट पारिश्रमिक लिने छैनन्। बरु ३ महिनाको लागि मेरो ब्यक्तीगत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहन्छ। सबै तयारी लगभग सकियो,अक्सिजन संकलनमा मद्दत चाहिएको छ। Risk लिएरै भएपनि यो नयाँ प्रयोग गर्दैछौ।


Last Updated on: May 13th, 2021 at 6:54 pm
५०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया