शनिबार १८ मंसिर २०७८

रोजगारिका लागि साउदी अरब पुगेका त्रीबेणी ७ गाङका प्रदिप परियार र पूर्वी नेपालको भोजपुरकी ३५ वर्षीया लक्ष्मी राईबीच सामाजिक संजालमा माया पिरती बस्यो। लामो समय फेसबुकमा प्रेम सम्बन्धमा रहेका उनिहरुले आपसि सहमतीमा गत वर्ष अनलाईन बिवाह गरे।

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया प्रेमले एक जोडी भेट हुन नपाउदै सधैंका लागि बिछोडिएको छ।

सहमतीमा अनलाईनबाट बिहे गरेर रोल्पा पुगेकी पूर्वी नेपालको भोजपुरकी एक युवतीको आईतवार दुखद निधन भएको छ।

 

कहिले काही पटक-पटक पिसाब लाग्छ। यसको एउटा मात्र कारण हुँदैन। सामान्यतः धेरै पानी वा तरल पदार्थ पिएको बेला पिसाब लाग्छ, जो स्वभाविक हो।त्यस्तै कहिले मानसिक कारणले समेत पिसाब लागेको अनुभव हुन्छ।

गर्भावस्थामा वा बुढ्यौलीमा पनि धेरै पटक पिसाब लाग्छ, जसलाई सामान्य मानिन्छ।तर, सामान्य अवस्थामा पटक-पटक पिसाब लाग्छ भने, त्यसले शारीरिक समस्याको संकेत गर्छ। के भनिन्छ भने, पिसाब कति पटक फेरिन्छ भन्ने कुराले समेत हामी कति स्वस्थ्य वा अस्वस्थ्य छौ भन्ने कुराको निक्र्यौल गर्छ। हाम्रो जीवनशैली वा स्वास्थ्य खराब भएमा पटक-पटक पिसाब लाग्न सक्छ।


Last Updated on: September 28th, 2021 at 5:48 pm
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया