शुक्रबार १७ मंसिर २०७८

दाङमा गुडिरहेको यात्रुबाहक बसमा आ,x ग,x ला,x गी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आ,x ग,x ला,x गी भएको हो ।

मानवीय क्षति भने नभएको प्रहरीचौका जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आ,x ग,x ला,x गी हुँदा बस ज,x ले,x र नष्ट भएको छ ।

गाडीमा १५,१६ जना यात्रु भएको प्रहरीले बताएको छ । मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए ।

 

सोमबार बिहान बुद्ध एयरको कल साइन ‘नाइन एनएएनआई’ को जहाज काठमाडौंबाट विराटनगर उड्यो । उडान संख्या यु ४ ७०१ रहेको जहाज बिहान ८ बजेर ३३ मिनेटमा ६८ जना, बच्चा २ जना, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु लिएर विराटनगर उडेको थियो ।

जहाज विराटनगरको आकाशमा पुग्यो । दुई फन्को लगायो । तर बायाँपट्टिको ल्यान्डिङ गियरमा स’मस्या देखिएपछि काठमाडौं फर्कियो । विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालका अनुसार विराटनगरबाट फर्केर उक्त जहाजले काठमाडौंको आकाशमै झन्डै १० फन्को लगायो ।

सम्भावित दु’र्घटनालाई मध्यनजर गरेर विमानस्थलमा फर्म बिछ्याउने, एम्बुलेन्स र दमकल तयार पार्ने काम गरियो । काठमाडौंमा अवतरण गराउन आधा घण्टा विमानस्थल बन्द गरियो । विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना दमकलसहित उपस्थित थिए ।

अल्टिच्युड एयरका क्याप्टेन विवेक खड्काले हेलिप्याडबाट उक्त जहाजको तस्बिर खिचेर टावरलाई ल्यान्डिङ गियर खुलेको गराएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २१ मिनेटमा सुरक्षित रुपले अवतरण गरियो । जहाज करिव २ घण्टा ५ मिनेट फन्को मारेका थिए ।

विमानमा चढेका यात्रुहरुको २ घन्टा ५ मिनेट समय असाध्यै त’नावपूर्ण रह्यो ।किन हुन्छ, पटक पटक समस्या ?बुद्ध एयरको समस्या यो पहिलो भने होइन । गत साउन ११ गते पनि उडिरहेका बुद्ध एयरका दुई जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

काठमाडौं-धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौंमै आकस्मिक अवतरण गरिएको थियो ।विमानस्थलका अनुसार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको बीएचए २५५ नम्बर उडानको एटीआर ७२ जहाजमा प्राविधिक समस्या आएपछि साँझ ६: ३० बजे काठमाडौं अवतरण भएको थियो ।

११ साउनमै काठमाडौंबाट नेपालगञ्ज उडेको जहाज पनि आकमिस्क अवतरण गराइएको थियो ।यसैगरी सोमबार पोखराका लागि उडेको जहाज गोरखाको मनकामनामाथि पुग्दा प्राविधिक स’मस्या देखिएको इन्डिकेटरमा देखिएपछि काठमाडौं फर्किएको थियो ।

सोमबार भने सुरक्षित साथ जहाज अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको बुद्ध एयरले जानकारी दिएको छ । बुद्धले विज्ञप्ति मार्फत भनेको छ, ‘जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरे ।

सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको छ ।’पछिल्लो समय यता बुद्ध एयरको जहाजले पटक पटक आकमिस्क अवतरण र फोर्स ल्यान्डिङ गरेको छ ।

उसले यस प्रकारको घटनाको छानबिनका लागि समिति पनि बनाएको छ । समितिले अनुसन्धानपछि आफ्नो रिपोर्ट नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ । त्यस्तै प्राधिकरणले पनि छुट्टै छानबिन पनि गरेको छ । तर छानविन भने सधैं गुपचुपमा राख्ने गरिएको छ ।


Last Updated on: September 28th, 2021 at 5:57 pm
१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया