आइतबार १९ मंसिर २०७८

स्पेनिस क्लब रियल म्याड्रिडले नयाँ सिजनको युरोपियन च्याम्पियन्स लिगमा पहिलो हार बेहोरेको छ । मङ्गलबार समूह चरणको दोस्रो खेलमा रियल माल्डोभाको क्लब शेरिफसँग २–१ गोलले पराजय बेहोरेको छ ।

सान्टियागो बर्नाउबेउमा शेरिफलाई जिताउन जासुर्बेक याक्षिबोएक र सेबास्टियन थिलले एक–एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।

खेलको २५औँ मिनेटमा शेरिफका याक्षिबोएभले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ६५औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई खेलमा फर्काएका थिए । तर खेलको ८९औँ मिनेटमा सेबास्टियन थिलले गोल गर्दै शेरिफको जित सुनिश्चित गरे ।

जितसँगै समूह ‘डी’को शेरिफले दुई खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थान बनाएको छ । रियल भने तीन अङ्कसहित दोस्रो स्थानमा छ । सोही समूहका इन्टर मिलान र शक्तर डोनेस्कले गोलरहित बराबरी खेल्दै अङ्क बाँडे ।

 

कोरोना भाइरस सङ्क्रमणको महामारीले सर्वसाधारणमा बढेको भय तथा त्रासले अल्जाइमरका रोगी बढ्दा भक्तपुर अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा ल्याएको छ ।

अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले बताइन् ।

कोरोना महामारी र सङक्रमणले मानिसमा डर, त्रास बढेको, मनोबल घट्दै गएको, चिन्ता बढ्दै गएको र स–साना कुरामा पनि त्रासका कारण चिन्ता लिने क्रम मानिसमा बढ्दै गएपछि पछिल्लो समय सो अस्पतालमा धेरै मानिस अल्जाइमरको सेवा लिन आएपछि क्लिनिक नै सञ्चालन गरेको उनले बताइन ।

अस्पतालले अल्जाइमर क्लिनिकमा मनोचिकित्सक डा सुप्रिया शेरचनसहितको न्यूरो तथा ज्येष्ठ नागरिकका लागि चिकित्सकसहितको सेवा प्रत्येक दिन बिहान ९:०० देखि २:०० बजेसम्म सञ्चालन गरेको छ । अस्पतालले प्रत्येक बुधबार १०:०० देखि २:०० बजेसम्म विशेषज्ञ सेवासहितको विशेष उपचार गर्न सुरु गरेको छ ।

अस्पतालमा पोष्ट कोभिडका बिरामी बढेपछि बिरामीको चाप बढेको छ । अस्पतालले कोभिड निको भएपछि आउने स्वास्थ्य समस्याको उपचारका लागि पोष्ट कोभिड युनिट पनि सञ्चालनमा ल्याएको छ ।

भाइरल ज्वरोका बिरामीको सङख्या पनि ह्वात्तै बढेसँगै अस्पतालमा अहिले दैनिक ७५० देखि ८०० बिरामी उपचारका लागि आउने गरेका छन् ।
–––

 


Last Updated on: September 29th, 2021 at 12:58 pm
५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया