बुधबार २२ मंसिर २०७८

केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन?’ पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ। विगत ८ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामा यस्तो प्रश्न सोध्नेहरुलाई उत्तर दिन्छिन्, ‘डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।’

हो, महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरुले महिलाहरुले पाइलटको पेशा अपनाउनुलाई अझै पनि आश्चर्यको रुपमा लिने गर्छन्। तर पेमा लामाको साहसले यो मान्यता चिरेको छ।सन् १९९१ मा सोलुको फाप्लुमा जन्मिएकी पेमा २०१२ देखि बुद्ध एयरमा पाइलटको रुपमा कार्यरत छिन्। नेपालमा जम्मा २९ जना महिलाहरुले विमान उडाउने पाइलटको लाइसेन्स प्राप्त गरेका छन्।

तीमध्ये पेमा पनि एक हुन्।एसएलसी दिएपछि पेमा उच्च शिक्षा हासिल गर्न सन् २००५ मा काठमाडौं आईन्, हिमालयन ह्वाइट हाउस कलेजबाट विज्ञान विषय लिएर +२ अध्ययन गरिन्। +२ अध्ययन सकियो। त्यसपछि के गर्ने? अन्योलमा परिन् उनी। उनलाई वातावरण विज्ञान पढ्ने मन थियो। तर उनका बाबाको चाहनाचाहिँ छोरी पाइलट बनिदिए हुन्थ्यो भन्ने थियो।

 

सरकारले ६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक २ हजार र अतिअशक्त अपाङ्गता भएका लाभग्राहीलाई मासिक १ हजार ६०० का दरले चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ

मन्त्रिपरिषद्को हालै बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।‌ ‌हाल त्यसखालका सामाजिक सुरक्षा भत्ता रोकिएकाे गुनासो आइरहेका थिए ।

बैठकले मुलुकका ७५३ वटा स्थानीय तहहरुमा सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्ने सन्दर्भमा पहिलो चरणमा ३४० वटामा मंसिर १ देखि वितरण गर्ने व्यवस्था लागू गर्न,नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको गुरुङले बताए ।

यसैगरी दोस्रो चरणमा १५९ वटामा चैत १ देखि, तेस्रो चरणमा २४७ वटामा २०७८ साउन १ देखि र चौथो चरणमा बाँकी ७ वटा स्थानीय तहहरुमा ०७८ मंसिर १ देखि बैंकिङ्ग प्रणाली मार्फत वितरण वितरण गरिने गुरुङले बताए ।

 


Last Updated on: September 29th, 2021 at 2:42 pm
१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया