शनिबार १८ मंसिर २०७८

दुर्लभ रोग जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी–एसएमई वान लागेकी नानु सियोन श्रेष्ठको जीवन बचाउन सद्भाव सहयोग गर्नेहरुका लागि खुशीको खबर आएको छ ।नानुको लागि महँगो औषधि निःशुल्क पाउने भएको छ ।

समाजसेवी ईशा गुरुङ्गले नानुलाई अस्पतालले नै यो औषधि नि:शुल्क दिने घोषणा गरेको जानकारी दिनु भएको छ ।उहाँ नानुको लागि २५ करोड रकम चाहिएको थियो । देश विदेश संसारभरबाट रकम संकलन गरिएको थियो ।

मेरो व्यक्तिगत ५० हजार र नायक पल शाह भाइले पनि १ लाख सहयोग गर्नु भएको थियो ।ईशाले थप लेख्नुभएको छ हाल सम्म रकम १९ करोड संकलित भएको नानुको बाबा सन्दिप श्रेष्ठले जानकारी गराउनु भएको छ ।

स्टाटस मार्फत अब बचेको रकम सियोना फाउन्डेशन मार्फत अन्य बिरामीहरूका लागि सहयोग गर्ने जानकारी गराउनु भएको छ ।सियोना बचाउ अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण नेपालीहरु प्रति हार्दिक नमन गर्न चाहान्छौ र नानुको नयाँ जीवनको लागि प्राथाना पनि गर्न चाहान्छु ।

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सचिव रामकुमारी झाँक्रीलाई पेलेरै भित्तामै पुर्याउने रणनीति बनाएका छन् ।

युवा जोसका साथ जनतासँग प्रत्यक्ष जोडिएको मन्त्रालयमा काम गर्ने रहर भएकी झाँक्रीलाई पेण्डुलम बनाउन रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागिएको स्रोतले जनाएको छ ।

अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको मन्त्रीको लिष्टमा झाँक्रीलाई रक्षा मन्त्रालय भनिएको छ । शिक्षा वा संचार मन्त्री बन्ने हल्ला चलिरहेको बेलामा नेपाली सेनाको हुलाकी बनाउ उनलाई रक्षा मन्त्री बनाउन लागिएको हो ।

रक्षा मन्त्रीलाई जंगी अड्डको फाइल मन्त्रीपरिषद्को बैठकमा लिने र निर्णय गराउन हुलाकीको रुपमा काम गर्ने मन्त्रीको रुपमा चिनिन्छ ।
अघिल्लो पटक एमाले महासचिव ईश्वर पोखरेललाई कारवाही स्वरुप रक्षा मन्त्रालयमा ल्याएर राखिएको थियो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताकोविरुद्ध बोलेको भन्दै पोखरेललाई रक्षामा ल्याएर थन्क्याएका थिए । नेपालले बु्झाएको लिष्टमा विरोध खतिवडा, मेतमपिण चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम समावेश छ ।

सपथ लिने मन्त्रीहरुमध्येबाट शक्तिशाली मन्त्रालय भनिएपछि बाहिर देखिएको जस्ता तामझाम र उक्त मन्त्रालयमा नहुने पूर्व रक्षा मन्त्रीहरुको भनाई छ ।

यतिबेला मन्त्री बन्नेलाई बधाइको होइरो लागेको छ । रक्षाको जिम्मा सम्हाल्दै गरेकी मन्त्री झाँक्रीले जीवनमा कठिन मोडमा पुगेको प्रतिक्रिया दिएकी छिन् ।

झाँक्री विद्यार्थी आन्दोलनदेखि उदाएकी नेतृ हुन् । उनले छोटो उमेरमा नेपाली इतिहासमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै छिन् ।
अहिलेका राष्ट्रपति विद्यादेवि भण्डारीले पनि रक्षामन्त्रीबाटै राष्ट्रप्रमुखको हैसियतसम्म आउने अवसर पाएकी थिइन् ।

 


Last Updated on: September 29th, 2021 at 3:48 pm
१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया