शनिबार १८ मंसिर २०७८

गएको साउन १५ गते कर्णाली नदीमा जीप र डंगा दुर्घटनामा बेपता चार जनाको अवस्था अझै अज्ञात रहेको छ । डुंगा दुर्घटनामा कैलालीका दुई र जीप दुर्घटनामा डडेल्धुरा घर भई डोटीमा बस्दै आएका दुई जना कर्णालीमा बेपत्ता भएका छन् ।

एकै परिवारका पाँच जना सवार बा ११ च ९३८ नम्बरको जीप चिसापानीदेखि सोल्टा जाने क्रममा दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो ।

जीप दुर्घटनामा त्यसमा सवार तीन जनाको उद्धार गरिएको थियो भने चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवी जोशी बेपत्ता भएका थिए । यस्तै साउन १७ गते कर्णालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु र थप तीन जना बेपत्ता भएका थिए।

साउन १५ गते कैलालीको मोहन्याल गाँउपालिकाको बाँकामा सडकबाट करीव ३ किमी उत्तरस्थित सडकखण्डबाट स्कारपियो गाडी तीन सय मिटर तल कर्णाली नदीमा खसेको हो । उक्त गाडीमा सवार चन्द्र जोशी, रुपी जोशी अहिलेसम्म पनि वेपत्ता भएका छन् ।
मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको थियो भने तीन जना बेपत्ता भएका छन् । बेपत्ता सोही ठाउँकी २० वर्षकी उर्मिला सलामी मगरको साउन २४ गते शव फेला परेको थियो भने उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा अझै अज्ञात छन् ।

साउन १७ गते कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता एक महिलाको शव फेला साउन २५ गते फेला परेको हो ।
इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार सोही डुंगामा रहेका अन्य चार जना भने पौडिएर जोगिएका थिए । उनीहरु सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गैरहेका बेला डुंगा दुर्घटना भएको हो ।

बेपत्ता भएका चार जनाको अवस्था अझै अज्ञात रहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले केटिएम दैनिकलाई बताए । बेपत्ताहरुको खोजी कार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।

 


Last Updated on: September 29th, 2021 at 4:01 pm
२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया