शुक्रबार १७ मंसिर २०७८

प्राविधिक समस्याका कारण विराटनगरमा अवतरण हुन नसकी काठमाडौंमा फोर्स ल्याण्ड गरिएको बुद्ध एयरका सबै यात्रु फेरी विराटनगर जान पाएनन् । विमानमा ७३ यात्रु थिए । जस मध्ये ४९ यात्रुलाई मात्र सोमबार अर्को उडानबाट विराटनगर पठाइएको छ । बाँकी यात्रुहरुलाई भने बुधबार बिराटनगर पठाइने भएको छ ।

प्राविधिक समस्याका कारण विराटनगर विमानस्थलमा अवतरण गर्न नसेको विमानलाई फेरी काठमाडौ ल्याएर अवतरण गराइएको थियो । विमान दुई घण्टा सम्म काठमाडौको विमानस्थल माथि आकासमा घुमिरहेको थियो । एनआई कलसाइनको उडान नम्बर–७०१ को विमान सोमबार बिहान ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरवाट फिर्ता आएको हो ।

 

सस्तो मूल्यमा यामाहाको रेट्रो लुक्ससहितको स्टाइलिस नयाँ बाइक नेपाल भित्रिदै, के के छन् फिचर्स ?

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले १५० सीसी सेग्मेन्टमा एफजेड एक्स नेपाल ल्याउने तयारी गरेको छ । ४ महिना अघि भारतमा सार्वजनिक भएको एफजेडएस रेट्रो लुक्सका कारण निकै आकर्षक देखिन्छ ।

यामाहा एफजेड एक्समा १४९ सीसी क्षमताको एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १२.४ पीएस पावर र १३।३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

एफजेड एक्स रेट्रो लुक मोर्डन टेक्नोलोजीमा आधारित रहेर निर्माण भएको मोटरसाइकलमा वर्ल्ड स्कुल राउण्ड सेप एलइडी हेडल्याम्प दिइएको छ । नयाँ टेक्नोलोजी आधारित धेरै फिचरयुक्त यस मोटरसाइकलमा ब्रान्ड न्यू अल डिजिटल कन्सोल दिइएको कम्पनीले जनाएको छ ।

एफजेड एक्समा कम्पनीले ब्लुटुथ भेरियन्टसमेत दिएको छ । दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस जस्ता फिचर पाउन सकिन्छ । नेपालमा यसको मूल्य भने सार्वजनिक भएको छैन ।

 


Last Updated on: September 29th, 2021 at 4:48 pm
११० पटक हेरिएको

तपाईको प्रतिक्रिया